काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको बताएका छन् ।
चौँसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल बनाउन सबैभन्दा पहिले त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
‘हामी आज यस्तो बेलामा छौँ, जति बेला एउटा शक्तिशाली देशका राष्ट्रपति नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ, भ्रमणको सफलताका लागि भव्य तयारी गरिएको छ, हामी विकासको मार्गलाई तीव्रताका साथ अगाडि बढाउने उद्देश्यका साथ विभिन्न लक्ष्यलाई ध्यानमा राखेर अगाडि बढिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भने ।
एउटा शान्तिपूर्ण र विकासको बाटामा तीव्रताका साथ अगाडि बढेर विश्वको ठूलो अर्थतन्त्र र महान्शक्ति राष्ट्र बन्न सफल चीनका राष्ट्रपति आउन लाग्नुभएकाले सुरक्षा निकायले पनि आफ्ना क्षेत्रबाट तयारी गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालबाट विदेश भ्रमणका जाँदा पनि सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहने स्मरण गरे ।
प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति हुँदा, सामाजिक सद्भाव खल्बलिन खोज्दा र सांस्कृतिक विचलन हुन खोज्दा पनि नेपाल प्रहरीको भूमिका उल्लेखनीय रहेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस