काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गरेका छन् |
कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण विभागले आज आयोजना गरेको कार्यक्रममा शिलान्यास गरिएको हो । ‘केसी समान्तर जेबी कम्पनी’ले निर्माण गर्ने सो स्थलमा सात प्रदेशका लागि सात ब्लक र प्रत्येक ब्लकमा तीन–तीनतले दुई भवन गरी कूल १४ अत्याधुनिक र सुविधासम्पन्न भवन बन्नेछ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार पूर्वाधार र विकासका हरेक क्षेत्रमा तीव्र विकास गर्दै समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढेको बताए ।
प्रधानमन्त्री ओलीले लोककल्याणकारी राज्यको स्थापना गर्दै कोही पनि नागरिक भोकै मर्न नपरोस् भन्नका लागि गरिबी लक्षित कार्यक्रमको अनुदानलाई बिचौलियाले खाने प्रवृत्तिमा सुधारेर लक्षित वर्गमा पु¥याउने बताए ।
उनले भने , “हामी देखिने गरी सामाजिक रूपान्तरण र परिवर्तनको दिशामा छौँ । अब कोही पनि बेसहारा भएर सडकमा रहनु पर्दैन । त्यस्ता कोही अलपत्र नागरिक देखिएमा सरकारलाई खबर गर्नुहोला ।”
प्रधानमन्त्रीले भने, “हरेक दिन नेपाल एक कदम अगाडिको नारा मैले दिएको छु । ठेकेदार भागेका कारण ढिलाइ भएको मेलम्ची आयोजना अब छिट्टै सम्पन्न हुनेछ । गैरमुद्दालाई मुद्दा बनाएर विरोध गर्नेहरु थाक्लान् तर सरकार आफ्नो बाटोमा अडिग रहनेछ ।”
शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो भवन निर्माणमा पारदर्शिता र गुणस्तरीयता अपनाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शुरु गरेको सघन तराई कार्यक्रमबाट अहिले तराईका हरेक जिल्ला सदरमुकाममा मुहार परिवर्तन भएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस