काठमाडाैं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीलाई एक पछि अर्काे हार बेहाेर्नु परेकाे छ। तीन तहकाे निर्वाचनमा दुइ तिहाइ जितेकाे नेकपाले विभिन्न संगठनमा एक पछि अर्काे हार भाेगेकाे छ।
नेकपालाई शर्मनाक पराजय नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा बेहाेर्न पर्याे। मङ्गलबार भएको निर्वाचनमा लोकतान्त्रिक समूहले जित हाँसिल गर्यो । काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ नै विजयी भयो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भए । उनले कूल ३३० मत प्राप्त गरे ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा भएकाे उद्योग वाणिज्य सङ्घ, दमकको निर्वाचनमा नेकपा निकट व्यवसायी प्यानल पराजित भयो । काँग्रेस नेतृत्वको समूहले नेकपा नेतृत्वको व्यवसायीलाई पराजित गरेको थियो । काँग्रेस निकट लोकतान्त्रिक प्यानल उम्मेदवार गोकुल श्रेष्ठले प्रगतिशील प्यानलका विमल खतिवडालाई पराजित गरे ।
ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपाल (टान) को ४१औँ वार्षिक साधारणसभामा तथा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेकपा निकट प्यानल पराजित भयो । काँग्रेस निकट लोकतान्त्रिक प्यानलले नेकपा निकट प्यानलाई पराजित गरेको थियो । निर्वाचित खुमबहादुर सुवेदीले ५२१ मत ल्याएका थिए । पराजित थापाले ४३८ मत प्राप्त गरेका थिए । पराजित थापा प्यानलका सरिता लामा भने महासचिवमा विजयी भएकी थिइन् ।
नेकपाका अर्का अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा केही समयअघि भएको नेपाल निर्माण व्यवसायी सङ्घको निर्वाचनमा नेकपा पराजित भयो । अध्यक्षमा काँग्रेस निकट उमानन्द कँडेल (बाबुराम) ले नेकपा निकट छवि गौतमलाई पराजित गरे ।
ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा पनि नेकपाको गठबन्धन पराजित भयो । २६ जेठ २०७६ मा भएको निर्वाचनमा काँग्रेसका उम्मेदवार प्रकाशनरसिंह राणाले नेकपाका उम्मेदवार अर्जुनलाल प्रधानलाई पराजित गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस