काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम कास्कीमा हुन लागेको उपनिर्वाचनमा नउठ्ने भएका छन्। कास्की क्षेत्र नम्बर २ बाट विजयी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीेको गत फागुनमा निधन भएपछि रिक्त रहेको उक्त स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।
गौतमले कास्की २ बाट उपनिर्वाचनमा नउठ्ने जानकारी शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकलाई गराएको उनका सहयोगी विश्वमणि सुवेदीले बताएका छन्। ‘आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु’, गौतमले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गर्दछु।’
यसअघि २०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि पुरानो निर्वाचन क्षेत्र बर्दिया १ बाट वामदेव उम्मेदवार भएका थिए। जहाँ उनी कांग्रेसका सञ्जय गौतमसँग ७०० मतले पराजित भएका थिए। उनले बर्दियामा कांग्रेसको भन्दा वाम गठबन्धनको ३२ हजार धेरै मत हुँदा पनि हार भोग्नुपरेको विगत सुनाउँदै कास्कीमा पनि त्यही जोखिम रहेको उल्लेख गरेका छन्।
‘२०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो’, उनले भनेका छन्, ‘त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो।’ गौतमले कास्की २ मा स्थानीय नेतालाई नै पार्टीले टिकट दिनुपर्ने अडान राखेका छन्।
‘मलाई विश्वास छ म भन्दा अरु कोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ’, उनले भनेका छन्, ‘कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ।’ उनले पार्टीको जितका लागि कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहेकामध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो अडान अघि सारेका छन्।
वामदेव पछि हटेसँगै अब कास्की २ मा रवीन्द्र पत्नी विद्या अधिकारी (भट्टराई) ले उपनिर्वाचनको टिकट पाउने करिब पक्का भएको छ । अनेरास्ववियुको सचिवसम्म भएर रवीन्द्रसँग विवाह बन्धनमा बाँधिएपछि विद्याले राजनीतिलाई विश्राम दिएर प्रद्यापनमा लागेकी थिइन्। रवीन्द्रको विरासत थेग्नका लागि विद्याले यसअघि नै आफू फेरि राजनीतिमा फर्किने बताइसकेकी छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस