इलाम-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने छन् ।
चार वर्षअघि जारी गरिएको संविधानमा संशोधन नहुने भनेर कहीँकतै नराखिएकाले जनताको जनमत लिएर संशोधन गर्न सकिने उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी स्थानीय तह विभाग इलामद्वारा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा बोल्दै नेता नेम्वाङले संविधान संशोधनका लागि जनताको जनमत आवश्यक पर्ने बताएका हुन् ।
‘बहुदलीय प्रतिष्पर्धामा विश्वास राख्ने दलहरुले निर्वाचनमार्फत जनताबाट संशोधनका लागि आवश्यक पर्ने जनमत लिएर जसले पनि संशोधन गर्न सक्छ’, उनले भने , ‘जनतामाझ संशोधनको मुद्दा लिएर निर्वाचनमा जान र संशोधनका लागि आवश्यक पर्ने मत आएमा संशोधन गर्न कसैले रोक्दैन ।’
संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेता नेम्वाङले संविधान कार्यान्वयनका पक्षमा सरकारले तीव्रगतिमा काम गरिरहेको र आवश्यक ऐन कानून बनिसकेकाले अब विकास र समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे ।
‘सरकारले आवश्यक कानून निर्माण गरी काम गर्ने बाटो र आधार तयार गरेको छ’, उनले भने ‘नेकपाको सरकारले अब ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यमा तीव्रगतिमा अघि बढ्नेछ ।’
नेता नेम्वाङले सङ्घीय र प्रदेश सरकारको काम कारवाहीलाई सहयोग गर्दै स्थानीय सरकारका जनप्रतिनिधि अघि बढ्नुपर्ने उल्लेख गर्दै स्थानीय सरकार जनतालाई सेवा दिने तह भएकाले जनमुखी र छिटोछरितो सेवा दिएर परिवर्तनको आभाष दिन जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस