पोखरा-गण्डकी प्रदेशको भ्रमणमा आएको सुदुरपश्चिम प्रदेशका सभा सदस्यहरुले मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटेका छन ।
अर्थ, विकास तथा प्राकृतिक स्रोत साधान समिति सभापति हर्क बहादुर कुंवरको नेतृत्वले सभासदको टिमले मुख्यमन्त्रीसंग सामुहिक भेट गर्दै अनुभव आदान प्रदान गरेको हो ।
संघीयताको सफल कार्यन्वयन, प्रदेश सभाले बनाउने कानुन, संघ र स्थानीय तहसंगको समन्वय गर्ने विषयमा अनुभव साटासाट भएको सदुरपश्चिम प्रदेश सांसद हर्क बहादुर कुंवरले जानकारी दिए । भेटमा मुख्यमन्त्री गुरुङले चालु आर्थिक बर्षमा प्रदेश सरकारहरुले गति लिन सक्नुपर्ने बताएका थिए ।
कर्मचारी समायोजन केही मात्रामा भएको, कानुन निर्माण र कार्यविधि बनेको र सरकारले पनि केही अनुभव बटुलेको भन्दै अब काम गर्न अनकुल रहेको समेत बताए । सुदुरपश्चिम प्रदेशका सांसदहरु प्रदेशका मध्यकालिन र दीर्घकालिन लक्ष्य निर्माणका लागि गण्डकी प्रदेशको अनुभवबारे जिज्ञशा राखेका थिए ।
जवाफमा मुख्यमन्त्री गुरुङले प्रदेश निति तथा योजना आयोग बनाएर जान सुझाएका थिए ।
गण्डकी प्रदेशले हेलो मुख्यमन्त्री, एक्सन रुम जस्ता जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम सुरुवात गरेको जानकारी गराउदै मुख्यमन्त्री गुरुङले यसलाई सुदुरपश्चिम प्रदेशले पनि सुरुवात गर्दा जनताको गुनासो सुन्न सहज हुने बताएका थिए ।
स्थानीय तहले प्रदेशको योजनामा कम चासो दिने गरेको विषयमा सांसदहरुले सुझाव मागेको थिए । मुख्यमन्त्री गुरुङले स्थानीय निकाय स्वतन्त्र नभई स्वायत्त निकाय भएकोले प्रदेशको योजनामा साथ दिन आवश्यक रहेको बताएका थिए । प्रदेश सांसदहरुले सांसद क्षेत्र विकास कोषलाई परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो ।
प्रदेशका ४ वटा संसदीय समितिको सभापतिहरु सहित १ दर्जन सभासद भेटमा सहभागी थिए । टोलीले मंगलबार विहान गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीको टिमलाई समेत भेटेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस