काठमाडाैं-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डकाे सम्वन्ध अमेरिकासँग चिसिएकाे छ। उनले अमेरिकालाइ चिढाएका केही सन्दर्भ
घटना १
गत माघ (जनवरी २३) मा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता उवान गुवाइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा आलोचना गरे । गुवाइडोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्तिसमेत जारी गरे ।
घटना २
साउन दोस्रो साता क्युवाली प्रतिनिधिको समेत उपस्थितिमा काठमाडौँमा आयोजना गरिएको क्युवाप्रति ऐक्यबद्धतासम्बन्धी नवौँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा दाहालले अमेरिकी प्रतिबन्धविरुद्धको क्युवाली संघर्षमा ऐक्यबद्धता जनाए ।
घटना ३
तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग मंगलबार भएको भेटमा दाहालले अमेरिकाको महत्वकांक्षी परियोजना इन्डोप्यासिफिक स्ट्राटेजीलाई अस्वीकृत गर्ने प्रतिबद्धता जनाएका छन् ।
दाहालको यो प्रतिबद्धता र अभिव्यक्तिले पनि अमेरिकालाई चिढ्याउने काम गरेको छ ।
दाहालको भनाईलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले प्रतिक्रिया जनाइसकेको छ । अमेरिकी दूतावासका प्रवक्ताले दाहालको भनाईलाई पुष्टि गराउन बेइजिङस्थित अमेरिकी दूतावासमार्फत प्रयास भइरहेको र नेपाल सरकारको आधिकारिक धारणा पर्खिरहेको बताएका छन् ।
राजनीतिक विश्लेषक विष्णु सापकोटा दाहालले एकपछि अर्के गर्दै अमेरिकालाई चिढ्याउने अभिव्यक्ति दिनुलाई ‘सरप्राइज’ भन्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस