काठमाडाैं-नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान मङ्गलबारबाट सुरु गर्दै छ।
काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर देशभरि एकै पटक जागरण अभियान सुरु गर्न लागिएको हो । अभियान भदौ २४ गते सुरु भई असोज ७ सम्म चल्ने छ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अभियानअन्तर्गत पहिलो दिन ७७ जिल्लाका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षरोपण गरिने छ । प्रत्येक निर्वाचन क्षेत्रमा एकै दिन ३४ हजार ९८० बिरुवा रोपिने काँग्रेसले जनाएको छ । प्रवक्ता शर्माले ठूलो सङ्ख्यामा वृक्षरोपण गर्न स्थानीयस्तरमै बिरुवाको जोहो गरिएको जानकारी दिए।
जागरण अभियानका लागि काँग्रेसले यसअघि नै दुईवटा सूची जारी गरी सातवटै प्रदेशमा प्रतिनिधिहरू खटाइसकेको छ । प्रवक्ता शर्माका अनुसार दोस्रो चरणको जागरण अभियानका क्रममा ३३० जना प्रतिनिधि परिचालन हुने छन्।
प्रत्येक प्रदेशमा प्रदेशसभा निर्वाचन क्षेत्रबमोजिम प्रतिनिधि खटाइएको प्रवक्ता शर्माले बताए। जागरणका लागि परिचालित प्रतिनिधिहरूलाई आफू प्रत्यासी भई चुनाव लडेको भन्दा पृथक जिल्ला वा प्रदेशसभा निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस