काठमाडौं- इतिहासमा नै पहिलोपटक मन्त्रिपरिषद् बैठक भिडियो कन्फ्रेन्सबाट हुने भएको छ। उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सामेल हुने गरी भिडियो कन्फेरेन्स मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
प्रधानमन्त्री सिंगापुरमा र मन्त्रीहरु सिंहदरबारमा रहेर दिउँसो १२ बजे बैठक बस्न लागेको कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ।
अत्यावश्यक र नियमित काम नरोकिउन भनेर प्रधानमन्त्री विदेशमै रहेको अवस्थामा पनि पहिलोपटक भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न लागको हो।
भिडियो कन्फेरेन्समा सिंहदरबारबाट सबै मन्त्री सहभागी हुने र उताबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्सका माध्यमबाट बैठकमा सहभागी हुने भएपछि सरकारले गएको बुधबार मन्त्रिपरिषद बैठक सञ्चालन विधि समेत परिवर्तन गरेको थियो।
जसले काठमाडौं बाहिर रहँदा पनि प्रधानमन्त्रीलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको छ। नेपाल सरकारले मन्त्रिपरिषदको बैठकमा पहिलो पटक भिडियो कन्फेरेन्सको प्रयोग गर्न लागेको हो।
ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गएको शुक्रबारबाट नेशनलल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस