काठमडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत तथा नेपाल कांग्रेसका नेता, पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगन कुमार थापाले भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकालाई तत्काल कारवाहीको माग
गर्नुभएको छ ।
आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बस्नेतले क्यान्सर रिलिफ सोसाइटिको व्यवस्थापनमा सञ्चालनमा रहेको उक्त अस्पताल सञ्चालनको बहानामा भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्राधिकारभन्दा माथि उठी नेपालको कानुनी राज्यको धज्जी उडाउने प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुर नगरपालिकाको यो ज्यादतीपूर्ण कार्य नेपाल सरकारले हस्तक्षेत्र गर्न आवश्यक रहेको छ र सोही अनुसार छानविन समिति बनाई तत्काल कारवाही गर्नको लागि म नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग जोडदार माग गर्दछु ।’
अस्पतालमा अनियमितता तथा भ्रष्टाचार भएको भए नेपाल सरकारको सम्बन्धीत निकायले छानविन तथा कारवाही गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘भक्तपुर अस्पतालमा कही कतै अनियमितता तथा भ्रष्टचार भएको भए छानविन गर्ने नगरपालिका नभई नेपाल सरकारको मातहतमा रहेका निकाय तथा अख्तियारले गर्नुपर्ने हो । यो वहानामा भक्तपुर नगरपालिकाले जुन तरिकाले हस्तक्षेप गर्यो तथा आफै व्यवस्थापन समिति बनाई सञ्चालन गर्ने, नगरप्रहरीलाई गेटमा राखेर जुन ढंगको आतकं त्यहाँ सिर्जना गरिएको छ, जसका कारण हजारौं विरामीहरुलाई असर परेको छ ।’
भक्तपुर क्यान्सर अस्पताल नाफा रहित भएको जानकारी गराउँदै सांसद बस्नेतले नेपाल सरकारको अहिलेको कार्यविधिले २५ वेडसम्मको नगरपालिका, १०० वेड सम्मको प्रदेश सरकार र त्यो भन्दा माथिको नेपाल सरकारले सञ्चालन गर्ने व्यवस्था रहेको जानकारी गराउनुभयो । उहाँले उक्त भक्तपुर अस्पताल बन्ने क्रममा ४.५ रोपनी जग्गा भक्तपुर अस्पतालको, ७ रोपनी जग्गा नेपाली सेनाको नाममा रहेको र त्यसको लागि भक्तपुर नगरपालिकाले सिफारिसमात्र गरेको जानकारी गराउनुभयो ।
उक्त अस्पतालमा नेपाल सरकारको करिव २० करोडभन्दा माथि लगानी रहेको, उद्योग बाणिज्य महासंघ भक्तपुर लगायतका नीजि क्षेत्रले ठूलो सहयोग गरेको साथै भक्तपुरका जनताको चन्दा संकलनबाट समेत उक्त अस्पताल सञ्चालनमा ल्याइएको उहाँले जानकारी गराउनुभयो ।
त्यस्तै शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्षि दल नेपाल कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री थापाले पनि भक्तपुर नगरपालिकालाई तत्काल कारवाही गर्न माग गर्नुभएको हो । उहाँले अस्पतालमा अनियमितता तथा भ्रष्टाचार भएको भएमा कारवाही गर्न कानुनमा स्पष्ट ताकिएको बताउँदै भन्नुभयो, ‘कानुनीलाई कुल्चेर भक्तपुर नगरपालिकाले व्यवस्थापन समिती विगठन गरी नगरप्रमुखको अध्यक्षतामा आफै अस्पताल व्यवस्थापन समिति गठन गर्यो । उक्त कार्य गैर कानुनी छ, यसले अस्पतालमा थप अस्तव्यस्तता र अराजकताको सिजर्ना गरेको छ । हामी यसको घोर निन्दा गर्दछौं ।’
त्यस्तै भक्तपुर क्षेत्र नं. १ का सांसद तथा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भने उक्त कुरालाई सरासर ढाँट्नु भएको छ । उहाँले अस्पताललाई नगरपालिकाले जग्गा उपलब्ध गराएको, सरकारको लगानी नभएकोलगायतका बनावटी कुराहरु सदनमा प्रस्तुत गर्नुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस