पोखरा- लोक सेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध आदिवासी जनजाति लगायत, दलित शिल्पी, मधेशी, मुस्लिम आन्दोलित भईरहेको बेला पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीको आयोजनामा पोखरा ११ रानीपौवा दुरसञ्चारचोकबाट शुरु भएको विरोध ¥याली महेन्द्रपुल, चिप्लेढुंगा विपी चोक हुदै मानवअधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
आयोजित कोणसभामा आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष गणेश थकालीले जस्तो सुकै मुल्य चुकाएर भए पनि समावेशीताको अधिकार खोस्न नदिने चेतावनी दिए ।
तमुवान संघर्ष समिति तथा तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर तमुले प्राप्त अधिकार लुट्न खोज्ने लुटेराहरुलाई कारवाही गर्न उत्पिडित जनताकाहरु सशक्त आन्दोलनमा उत्रनुपर्ने बताए ।
तमुवान भोलिन्टिर्सका कृष्णकुमार तमुले समावेशी अधिकार खोसिए विगतमा जस्तै भयंकरको आन्दोलन हुने चेतावनी दिए ।
शिल्पी दलित महासंघ केन्द्रीय सदस्य किसन विश्वकर्माले अधिकार लुट्ने पहिचान विरोधीहरुलाई सत्तामा पु¥याएकाले विगतदेखि विभेदमा पारिएका जनताले पाएका अधिकार पनि खोसिदै लगिएको उल्लेख गरे ।
आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका अध्यक्ष सुजन तामाङले असंवैधानिक विज्ञापन खारेजीसँग आरक्षण अधिकार सुनिश्चित हुनुपर्ने बताउनुहुदै गण्डकी प्रदेशका कुनै पनि हालतमा समावेशी माथि प्रहार गर्न नदिने चेतावनी समेत दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस