काठमाडौँ – नेपाल सरकारका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारमा संविधान संशोधनका लागि रहेको बताएका छन् ।
समाजवादी पार्टी गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादबले यस्तो अभिब्यक्ति दिएका हुन । उनले सरकार गठन भएको लामो समय बितिसक्दा समेत सम्झौता बमोजिम संविधान संशोधन गर्न पहल नगर्दा सरकार भन्दा बलियो सदन र सडक रहेको उल्लेख गरे ।
उनले संविधान संशोधन गर्ने सम्झौता सहित सरकारमा बसेको बताउदै अहिलेको समयमा शर्त पुरा नहुनेका शंका उत्पन्न भएको समेत बताए ।
उनले सम्झौता अनुरुप संविधान संशोधन नगरेको खण्डमा सरकार छाडेर सडक र संसदमा जान तयार रहेको धारणा ब्यक्त गरे ।
उनले संविधानमा पिछडा वर्ग, असमाबेशी तथा शिल्पी समुदाय लगायतलाई समेट्न नसक्नेगरी व्यवस्था गरिएको भन्दै धेरै त्रुटी रहेको औल्याए । उपप्रधानमन्त्री यादबले त्रुटीलाई सच्याउने र परिमार्जित गर्ने सम्झौता भएरमात्रै सरकारमा रहेको उल्लेख गरे ।
संविधान संशोधनका लागि सत्तापक्षको दुई तिहाइ मत पु¥याउन सरकारमा बसिरहेको यादवले बताए । उनले देश संघीयतामा गैसकेपनि प्रदेशलाई अधिकार नदिएर संघीयता समाप्त गर्ने काम गरेको औल्याए ।
उपप्रधानमन्त्री यादबले प्रदेशलाई बलियो बनाउन नेपाल कम्युनिस्ट पार्टी तथा कांग्रेस र राजावादी पार्टीले चलखेल गरिरहेको आरोप लगाए ।
संघीयतालाई स्थापित गर्न कम्युनिस्ट र कांग्रेस दुवैको ठीक मनस्थिती नभएको बताउदै प्रदेश सरकारलाई कुण्ठित गरेको समेत धारणा ब्यक्त गरेका थिए ।
त्यस्तै अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले संघीयता, सुशासन, समृद्धि र समाजवादको लागि बैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टी उदाउने बताए । उनले संघीयताको मर्म पुरा गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डो¥याउन समाजवादीको बिकल्प अरु पार्टी नरहेको धारणा समेत ब्यक्त गरेका थिए ।
गण्डकी प्रदेश, कास्की जिल्ला र महानगरको समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको उक्त कार्यक्रममा नेकपा तथा काङ्ग्रेस परित्याग गरि सयौको सँख्याले पार्टी प्रबेश समेत गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस