काठमाडाैं-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि पनि स्थगित भएको छ । मंगलबार स्थगित सचिवालय बैठक स्कुल विभागमा सहमति नजुट्दा बुधबार पनि बस्न सकेन ।
पार्टीका विभागहरूको जिम्मेवारी तोक्नेगरी मंगलबार बोलाइएको बैठकपूर्व दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मत बाझिएपछि बुधबारसम्म सहमतिमा पुग्ने गरी बैठक सारिएको थियो । बुधबार बिहानैदेखि दुई अध्यक्ष सहमतिका लागि छलफलमा बसेपनि सहमति जुट्न सकेन् ।
सचिवालय बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ । बैठक स्थगित पछि पनि दुई अध्यक्षले सहमतिको प्रयास जारी राखेका थिए । तत्कालीन एमाले पक्षधरबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र तत्कालीन माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले स्कुल विभागको दाबी गर्दै आएका छन् ।
बुधबारको दुई अध्यक्षबीचको छलफलमा पनि दुवैले आआफ्नो अडान लिएपछि सहमति जुट्न नसकेको बालुवाटार स्रोतले जनायो ।
‘बुधबार लामो समयसम्म दुवै अध्यक्षले सहमतिका लागि छलफल गर्नुभयो,’ बालुटार स्रोतले भन्यो, ‘पार्टीमा सहमतिको माध्यमबाट नै काम गर्ने प्रतिबद्धताअनुसार दुवै अध्यक्ष सक्रिय रूपमा लाग्नुभएको छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस