काठमाडौं- एक साता लामो स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किेएका छन् । साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण सकाएर आज स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओली थाई एयरलाइन्सको विमानबाट अपराह्न १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
उनलाई विमानस्थलमा स्वागत गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बामदेव गौतमलगायत लगायत पुगेका थिए।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह लगायत सहभागी थिए ।
आइतबार नै प्रधानमन्त्री फर्कने तय भए पनि रिपोर्ट आउन ढिला भएपछि सिंगापुरको बसाइ १ दिन लम्बिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो । प्रधानमन्त्रीको रिपाेर्ट सन्तोषजनक आएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताएका छन्।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसअघि भारत र थाइल्यान्डमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने गरेका थिए । तर यसपटक उनी चिकित्सकको सल्लाहअनुसार, सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि गएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस