काठमाडौं -प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठन गर्न बनाएको निर्देशिका पारित गरेको छ । नेपाली कांग्रेसको मुख्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका पारित गरेको हो ।
साविकको कार्यसमितिलाई नै समायोजन गर्ने गरी वडा तहसम्म पनि संघीय ढाँचा अनुसारको कार्यसमिति गठन हुने गरी पार्टीको निर्देशिका पारित गरिएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । त्यसका लागि सबै जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउनेछ ।
नेपाली कांग्रेसले निर्वाचनमार्फत सबै कार्य समिति निर्माण गर्न समस्या भएको निष्कर्ष निकाल्दै सो समस्या समाधानका लागि साविककै समितिहरुलाई मिलाएर समायोजना गर्ने गरी निर्देशिका बनाएको हो ।
केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा केन्द्रीय सदस्यहरु- महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईले आफ्नो धारणा व्यक्त गरेका थिए ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक साउन २९ गते दिउँसो १ बजे पुनः बस्ने जनाइएको छ ।
त्यसैगरी इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल जोहा” का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लीम धर्मालम्बीलाई शुभकामनासमेत व्यक्त गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस