काठमाडौं- समाजवादी पार्टी नेपालले प्रवक्ताको जिम्मेवारी नेता नारायण तिवारीलाई दिने तयारी गरेको चर्चा सुरु भएको छ।
पार्टी एकीकरण भएको तीन महिना बितिसक्दा पनि प्रवक्ता नहुँदा पार्टीको आधिकारिक धारणा सहज वितरण नभएपछि प्रवक्ताको खोजी सुरु भएको हो।
प्रवक्ताका लागि धेरै नेताहरुले इच्छा देखाएपनि तिवारीको नाम चर्चामा छ।
तिवारीसँग दुई दशक लामो पत्रकारिताको अनुभव समेत भएकाले उनलाई प्रवक्ताको जिम्मेवारी दिने तयारी गरिएको समाजवादी पार्टीका एक नेताले बताए।
पार्टीमा प्रवक्ताको खोजी भइरहेको र पूर्व नयाँ शक्तिका लागि दिने विषयमा तयारी भइरहेको नाम उल्लेख नगर्ने शर्तमा उनले भने।
अध्यक्ष बाबुराम भट्टराईले तिवारीको नाम प्रस्ताव गर्ने र अर्का अध्यक्ष उपेन्द्र यादव सहमत भएमा तिवारी प्रवक्ता बन्ने ती नेताले बताए।
नयाँ शक्ति पार्टी हुँदा केन्द्रीय सदस्य तिवारी संघीय समाजवादी पार्टीसँगको एकतापछि विज्ञ समितिका सदस्य हुन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस