काठमाडाैं-मुलुकको इतिहासमै पहिलोपटक २० मन्त्रालयका विभागीय मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्यसम्पादन सम्झौता (करार) गरेका छन ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री समक्ष सबै मन्त्रीले सामूहिक रूपमा कार्यसम्पादन सम्झौता गरेका हुन् ।
हालसम्म प्रशासन क्षेत्रमा मात्रै अभ्यास हुँदै आएको कार्यसम्पादन सम्झौतालाई प्रधानमन्त्री ओलीले पहिलोपटक राजनीतिक तहमा लागू गरेका छन् । यसअघि सचिव, सहसचिव, महानिर्देशक र कार्यालय प्रमुखले मातहतका निकायसँग मात्रै कार्यसम्पादन सम्झौता गर्दै आएका थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री नभएकाले सो मन्त्रालय सँग भने कार्यसम्पादन सम्झौता गर्न बाँकी छ । मन्त्रालयमा नयाँ मन्त्रीका रूपमा बुधबार मात्रै नेकपाका युवा नेता योगेश भट्टराई नियुक्त भएका छन् ।
भट्टराई मन्त्री भएसँगै उनीसँग पनि केही दिनभित्रै कार्यसम्पादन सम्झौता गरिने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस