प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) विच सरकार विरुद्ध सहकार्य गर्ने सहमति भएको छ।
सरकारले संसदमा प्रस्तुत गरेका विवादित विधेयक र नागरिक हत्यामा सरकारको रवैया विरुद्ध संसद र सडकसम्म प्रतिवाद गर्ने गरि अलिखित सहमति भएको छ। कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रिय सभामा दलका नेता सुरेन्द्र पाण्डेयको पहलमा राजपासँग सहकार्य गर्ने पहल अघि बढेको थियो।
दुई दलका दोश्रो तहका नेताहरुसँग वार्ता गरिसकेपछि कांग्रेस सभापति शेर बहादुर देउवा र राजपा अध्यक्ष मण्डलका चार नेताको बैठक बसेको हो । खाँण र पाण्डेयले प्रारम्भमा राजपाका अध्यक्षमण्डल मध्यका अनिल झासँग सरकारको विरुद्धमा कार्यगत एकता गर्ने वार्ता भएको थियो। वार्ताको पहल प्रारम्भ झाले गरेका थिए। कांग्रेस प्रमुख सचेतक खाँणले भने,‘अनिल जीको फोन आइसकेपछि हामी दुईले भेट्यौ।’
गत साता देखि आन्तरिक सहमति भएपनि कांग्रेस पक्षले विषयलाई बाहिर ल्याउन चाहेन। किन त? खांण भन्छन्,‘राजपामा अध्यक्षमण्डलमा छ जना नेता छन्।दुई नेतासँग मात्रै भेट भएको थियो। राजपा भित्र पनि त्यसको गम्भिर प्रभाव पर्ला भन्न भयो।’झासँग वार्ता गरिसकेपछि सोहि दिन खांण र पाण्डेयले पार्टी सभापति देउवालाई विफ्रिङ गरे। देउवालाई जानकारी गराएसँगै राजपाका अध्यक्षमण्डलका नेताहरु महन्थ ठाकुर,झा र राजकिशोर यादव सहितका नेता देउवा निवास बुढानिलकण्ठ पुगे। देउवा निवासमा वार्ता असार २१ मा भएको थियो। कांग्रेस र राजपाका नेताका विच देउवा निवासमा भएको वार्तालाई पनि कांग्रेस पक्षले जानकारीमा ल्याउन चाहेन। राजपाका नेताहरु शरदसिंह भण्डारी,महेन्द्र राय यादव र राजेन्द्र महतो उक्त बैठकमा अनुपस्थित थिए। उनीहरु बैठकमा छलफल हुन सहभागि नभएका कारणले कांग्रेसले वार्ताको विषय बाहिर नल्याएको खांणले प्रष्टाए।
कांग्रेसले उक्त विषयलाई राजपाले बाहिर ल्याइदेओस भन्ने भित्रि इच्छा राखेको थियो। साथै, प्रतिनिधि सभामा दुई दलका विचमा देखिएको प्रस्तुतीको माध्यमले कार्यगत एकता देखिने अपेक्षा कांग्रेसको थियो। कांग्रेसको सोच मुताविक नै राजपाका अध्यक्ष मण्डलका नेता झाले दुई दलको कार्यगत एकताको छलफलबारे जानकारी बाहिर ल्याए। खांडले भने,‘कांग्रेसको पक्षबाट बाहिर नआओस भनेर नै विषय लिक नगरिएको हो।’
कार्यगत एकताको सन्देश दुई पार्टीले गत दुई प्रतिनिधि सभाका बैठकमा देखाइसकेका छन्। सर्लाही घटनाको सन्दर्भमा दुई पक्षले एउटै स्वर गरेका छन्। स्थानीय तहमा भएको सहमति तत्कालको क्षतिपुर्तिको सन्दर्भमा भएको उल्लेख गर्दै खांणले भने,‘न्यायिक उपचार नभइकन संसद बैठक चल्न सक्दैन।’ प्रतिवन्धित नेकपा ‘विप्लव’ का सर्लाहीका नेता कुमार पौडेलको इन्काउन्टर र सर्लाही इश्वरपुरका १३ वालकका् मृत्यु पछि प्रहरीको गोलि लागि मृत्यु भएका नारायण सिंह महतोको न्यायका पक्षमा संसदमा शसक्त प्रतिवाद गर्ने नेताहरु विच सहमति भएको छ। वार्तालाई निरन्तरता दिने पक्षमा दुबै तर्फका नेतामा सहमति भएको छ। ‘सरकारले प्रस्तुत गरेका प्रतिकुल विधेयक,सरकारका अलोकतान्त्रिक गतिविधि रोक्नका लागि दुई दलमा एक स्थानमा भएका छौं।’, खांडले भने,‘पहिलो चरणमा संसदमा सहकार्य गर्ने सहमति बनेको छ। सदनपछि सडकमा जाने थप वार्ता होला।’
बुधबारको संसद बैठक सभामुखले बलपूर्वक सञ्चालन गरेपनि सोमबार बस्ने बैठक बस्नै नदिने कांग्रेसको तयारी छ। प्रमुख सचेतक खांडले भने,‘सरकारको छायाको रुपमा सभामुख देखिनुभएको छ। सर्लाहीमा भएका घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि संसदीय समिति गठन नहुन्जेल संसद चल्न दिदैनौं।’ सभामुखलाई पनि जानकारी गराइसकेको उनले जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस