काठमाडौं- सांसद रंगमती शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई आफ्नो स्कुटर पछाडि बसेर सडकमा निस्कन चुनौती दिएकी छन्।
विकास तथा प्रविधि समितिको आजको बैठकमा सहभागी कांग्रेस सांसद शाहीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीले ‘काठमाडौंमा अहिले मास्क लगाएर कोही पनि हिँड्दैन’ भन्ने भनाइप्रति आपत्ति जनाउँदै यस्तो चुनौती दिएकी हुन्।
‘आउनुस् मन्त्रीज्यु, मेरो स्कुटर चढेर वनस्थली जाऔं,’ उनले भनिन्, ‘सडकमा कति धुलो छ, देखाइदिन्छु।’
सरकारले नै सडकमा धुलो छैन, मास्क लगाउनु पर्दैन भनिरहेको भन्दै उनी आक्रोशित बनेकी थिइन्।
मदन भण्डारीको जन्मजयन्तीको अवसरमा गत शनिबार प्रधानमन्त्री ओलीले भनेका थिए, ‘मैले मास्क लगाउनु पर्दैन भनेको थिएँ। म प्रधानमन्त्री हुँदा आधा जनसंख्या मास्क लगाएर हिँड्थ्यो, अहिले मास्क लगाएर कोही पनि हिँड्दैन।’ उनको यस्तो अभिव्यक्तिप्रति सर्वत्र आलोचना भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस