मकवानपुर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको प्रदेश ३ सभाको संसद बैठक अवरुद्ध गरेको छ ।
सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको पत्रहरु पढेर सुनाउनुभयो । वर्षे अधिवेशनको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गरेलगत्तै संसदको अरु काम कारबाही गर्न नदिनका लागि कांग्रेसका सांसदले उठेर संसद अवरुद्ध गरेका थिए । सभामुख श्रेष्ठले कांग्रेस सांसदलाई बस्नका लागि आग्रह गरे पनि राजधानीको प्रक्रिया सुरु नगरेसम्म संसद चल्ने नदिने प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले बताउनुभयो ।
प्रदेश ३ मा दुईतिहाइको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी राजधानी तोक्ने र नामाकरण गर्ने विषयलाई पछाडि धकेल्दै लगेको भन्दै रुष्ट भएका कांग्रेस सांसदले बैठक अवरुद्ध गरेका थिए । राजधानी र नामाकरणको प्रक्रिया सुरु नगरेसम्म संसद बैठक चल्न नदिने नेता बानियाँले बताउनुभयो ।
यस अघि नै प्रदेश राजधानी र नामाकरणको प्रक्रिया वर्षे अधिवेशनमा सुरु गर्ने भनिए पनि त्यो विषयले सोमबारको बैठकमा पनि प्रवेश पाएन ।
यता सत्तारुढ दल नेकपाका संसदीय दलका उप नेता शालिकराम जमरकट्टेलले कांग्रेसले संसद अबरुद्ध गरेर अमर्यादित काम गरेको बताउनुभयो । राजधानी तोकिनुपर्छ भनेर आफूहरुले पनि आवाज उठाएकाले यो विषयको टुङ्गो वर्षे अधिवेशनबाट लगाइने उहाँले बताउनुभयो ।
प्रदेश राजधानीको विषयमा हेटौडाजत्तिकै विवादित भएको प्रदेश १ को विराटनगरमा राजधानी तोकिसकियो तर प्रदेश ३ को हेटौडामा राजधानी तोक्न भने अझै सकिएको छैन ।
प्रदेश सभा गठन भएको एक वर्ष नाघिसक्दासमेत राजधानीको विषयले प्रवेश नपाएको भन्दै कांग्रेसले यसअघि नै संसद अवरुद्ध गर्ने चेतावनी दिइसकेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस