काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले राष्ट्रिय भेला पुनः बोलाएका छन्। केन्द्रीय समितिको बैठकले महासमितिले अनुमोदन गरेको निर्णयलाई उल्टाइदिएपछि जिल्ला सभापतिको राष्ट्रिय भेला डाकिएको हो।
महासमितिमा गरिएको प्रतिबद्धता विपरित विधान पारित भएपछि जिल्ला सभापतिहरुले चैतको २० र २१ गते काठमाडौंमा भेला डाकेका हुन्।
पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनका लागि जिल्ला सभापतिहरुले आवाज उठाउँदै आएका थिए। साथै, समानुपातिक प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए।
पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै उक्त प्रस्तावका लागि अभियान चलाएका थिए।
जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए।
जिल्ला सभापति र अन्य प्रतिनिधिहरुको प्रस्ताव अनुरुप केन्द्रीय समितिले विधान पारित गर्ने पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिबद्धता जनाएका थिए।
महासमिति बैठकमा गरिएको प्रतिबद्धता विपरीत केन्द्रीय समितिले फागुन १२ मा बहुमतको आधारमा पुरानै प्रावधान कायम राख्ने निर्णय गरेको थियो। पौडेल र कृष्ण प्रसाद सिटौला समूहका नेताले बैठकमा लिखित असहमति राखेका थिए।
तीन साताअघि ५६ जिल्ला सभापतिहरुले सामूहिक विज्ञप्ति निकालेर केन्द्रीय समितिको निर्णयको विरोध गरेका थिए। जिल्ला सभापतिहरुको बैठकमा ७७ जिल्ला सभापतिहरु नै उपस्थित हुने जानकारी गराए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस