काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले मन्त्रिपरिषद् हेरफेर ‘हल्ला’ मात्रै भएको बताएका छन् ।
सल्लाहकार रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेट सदस्य हेरफेरको कुनै तयारी नगरेको प्रष्ट पारेका हुन् । “मन्त्रिपरिषद् अहिले नै हेरफेर हुँदैन । सरकारको त्यस किसिमको कुनै तयारी छैन,” उनले भने ।
दुई दिनअघिमात्रै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री हेरफेर गर्ने सन्दर्भमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीसँग कुराकानी भइरहेको बताएका थिए । यद्यपि प्रधानमन्त्री ओलीले मन्त्री फेरिहाल्न हतार नभएको जवाफ दिएको उनको भनाइ थियो ।
“मन्त्री फेर्ने विषय प्रधानमन्त्रीमै बढी भर पर्छ । उहाँले कसरी सोच्नुभएको छ, मलाई थाहा छैन,” मंगलबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए, “आजैमात्र पनि प्रधानमन्त्रीसँग मन्त्री हेरफेर गर्नेबारेमा कुराकानी भएको थियो । प्रधानमन्त्रीजीले भन्नुभएको थियो– मन्त्री फेर्नैपर्ने भए दुई अध्यक्षबीच छलफल गरेर गर्न पनि सकिन्छ । अहिले हतारो छैन ।”
प्रधानमन्त्रीको सचिवालयले पनि चैतको दोस्रो साता हुन लागेको लगानी सम्मेलनपूर्व मन्त्रिपरिषद् हेरफेरको कुनै सम्भावना नरहेको प्रष्ट्याएको हो । बारम्बार मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहेको सन्देश जाँदा मन्त्री र कर्मचारी दुवैमा ‘अस्थायी’को मानसिकताले काम गरिरहेको टिप्पणी पनि हुन थालेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस