काठमाडाैं – नेपाली कांग्रेसको बिहीबार बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ। महासमिति बैठकका निर्णयलाई कार्यान्वयन गर्न बस्ने भनिएको बैठक गुटगत विवादका कारण स्थगित भएको हो।
महासमिति बैठकमा जिल्ला सभापतिहरुले केन्द्रीय सदस्य पनी क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि हुन तल्लो तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीका हरेक निकायमा एकपटक भन्दा बढी समानुपातिकमा अवसर नदिन माग गरेका थिए। यसमा पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत हुँदै सभापतिहरुका मागलाई केन्द्रीय समिति बैठकद्वारा पुरा गराउने बताएका थिए। माघ १० गते बसेको बैठककाे निर्णयबाट सभापति देउवा पछि हटेपनि नेता पौडेल समूहले आफ्नो अडान भने छोडेको छैन। बिहीबार दिउँसो १ बजेबाट सहमतीको प्रयास भएपनि शिर्ष नेताबीच सहमती जुट्न नसकेपछि पौडेल समूह बैठक अघि नै केन्द्रीय कार्यालयबाट वाहिरिएको थियो।
स्थगित बैठक आगामी १२ गते दिनको ११ बजे बस्ने गरी स्थगित भएको पार्टी प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए। उनले विधानलाई सर्वसम्मत सहमतीबाटै पारित गर्न समय लिइएको र १२ गते बस्ने बैठकबाट यो विषय टुङ्गो लाग्ने जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस