पोखरा-पोखरा महानगरमा लेखा प्रमुख र वरिष्ठ कानुन अधिकृतबीच टकराव भएको छ । ३ कात्तिकमा प्रमुख प्रशासकीय अधिकृत महेश बरालको कार्यकक्षमा दुवैजनाबीच भनाभन भएको थियो । उक्त घटनाले कानुनी बाटो खोजेको छ । दुवैजनाले महानगरमा निवेदन दिएर दोषीमाथि कारबाहीको माग गरेका छन् ।
लेखा प्रमुख जयराम पौडेल र कानुन अधिकृत नारायण शर्माले आफूलाई सुरक्षा चुनौती बढेको गुनासोसहित निवेदन दिएका हुन् । ‘दुवै पक्षले निवेदन दिनुभएको छ । यसबारे कार्यवहाक मेयरसँग बसेर कुरा गर्नै बाँकी छ,’ महानगरका सूचना अधिकारी भरतराज पौडेलले न्युज कारखानासँग भने, ‘घटना धेरै अघि बढिसक्यो । महानगरमा भएको कुरा भित्रै मिलाउनुपर्ने हो । हामी त्यही गर्दै छौं ।’
लेखाप्रमुख पौडेलले आफूलाई ज्यानमार्ने धम्की आएको आरोपमा शर्मालाई निलम्बनको माग गरेका छन् । ‘कर्मचारीलाई सिध्याइदिन्छु भन्दै धम्की दिने कार्यको घोर भर्त्सना गर्दै तत्कालै दोषीलाई कारबाही नगरे पोखरा महानगरपालिकाका सम्पूर्ण आर्थिक कारोबार बन्द गर्ने छौं,’ उनले बुझाएको पत्रमा भनिएको छ ।
दोषीलाई कारबाही माग गर्दै आर्थिक प्रशासन तर्फका १२ कर्मचारीले हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाएका हुन् । कानुन व्यवसायी कमलप्रसाद अर्याललाई भुक्तानी दिइएको विषयमा छलफल हुँदा शर्माले मर्यादा विपरित विषय उठाएको आरोप पौडेलको छ ।
महालेखा परीक्षकले पनि अर्याललाई दिइएको भुक्तानी बेरुजु लेखेको छ । पौडेलले निरन्तर बेरुजु आएपछि भुक्तानी दिन गाह्रो पर्ने बताएका थिए । पाँच लाख सात हजार महालेखा परीक्षकको कार्यालयबाट असुल गर्नुपर्ने बेरुजु औंल्याइएको र चालु आर्थिक वर्ष पनि सोही प्रकृतिको भुक्तानीको माग आएकोले त्यसबारे छलफल भएको थियो ।
‘सुरुमा नारायण सरको गल्ती छ । भनाभन हुन थालेपछि दुवै पक्षले मुखमा आएको बोल्नुभएको हो,’ एक कर्मचारीले भने, ‘उपमेयरज्युले यो विषयमा टुंगो लगाउनुपर्छ । नत्र यसले ठूलो रूप लिन सक्छ ।’
पौडेलले यसअघि घाट ठेक्काको मुद्दासमेत बाहिर ल्याएका थिए । महानगरभित्रकै कर्मचारीको सेटिङमा ठेक्का दिने र महानगरलाई नोक्सानी बढेको एकाथरी कर्मचारीको आरोप छ । ‘मन माझिएको हिसावले लिएको थिएँ । घटना अलिमाथि पुगिसकेछ’, महेश बरालले भने, ‘घरभित्रको कुरा मिलिहाल्छ । सकेसम्म आजै बस्छौं ।’ यस विषयमा बुझ्न खोज्दा शर्मा भने सम्पर्कमा छैनन् । पौडेलले जिल्ला प्रहरी र जिल्ला प्रशासनमा समेत मौखिक जानकारी गराएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस