गलकोट-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको ढोरपाटनमा गएको बाढीपहिरोले पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उनले आज एक वक्तव्यमा जारी गरी ढोरपाटन नगरपालिकाको भुजी खोलामा बुधबार राति आएको बढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
“सङ्कटको यस घडीमा खोजी, उद्धार तथा उपचारमा खट्नेप्रति धन्यवाद व्यक्त गर्दछु”, उनले वक्तव्यमा भनेका छन , “बाढी पहिरोमा परी बेपत्ताको खोजी कार्य, प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहको ध्यानार्कषण गराउँदै प्रदेश सरकारले आवश्यक सहयोग प्रदान गर्नेछ ।”
नगरपालिकाको ७, ८ र ९ वडाको तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा हालसम्म मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । यस्तै बाढीमा बेपत्ता हुनेको सङ्ख्या ४१ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दश जनाको शव क्षत्विक्षतरुपमा फेला परेका कारण पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस