समाजवादी पार्टीले बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपचुनावमा अशोककुमार विकलाई उम्मेदवार बनाएको छ । सपाले आज उम्मेदवार परिचय तथा पत्रकार सम्मेलनमार्फत विकको उम्मेदवारी घोषणा गरेको हो ।
ढोरपाटन नगरपालिका–१ निवासी विक सपाका गण्डकी प्रदेश सदस्य हुनुहुन्छ । सपामा प्रवेश गर्नुअघि उहाँ नेपाली काङ्ग्रेसमा आबद्ध हुनुहुन्थ्यो । गएको स्थानीय तह चुनावमा नेकाँकोतर्फबाट नगरपालिका–१ को वडाध्यक्षमा उहाँ उम्मेदवार बन्नुभएको थियो ।
सबैखाले विभेदको अन्त्य र समतामूलक समाज निर्माणको उद्देश्य पूरा गर्न आफू उम्मेदवार बनेको विकको भनाइ थियो । गाउँमै बसेर जनताको दुःख, सुखमा सघाएकाले चुनाव जित्ने विकको जिकिर छ । “राजनीतिक, सामाजिक अभियानमा मेरो भूमिका छ, पछाडि पारिएका उत्पीडित वर्ग, समुदायको हितमा पनि मैले काम गरेको छु”, विकले भन्नुभयो, “म युवा पनि भएकाले जनताको साथ पाउनेमा ढुक्क छु ।”
उम्मेदवार घोषणा कार्यक्रममा सो पार्टीका गण्डकी प्रदेश अध्यक्ष मोती रिजालले अरु पार्टीले जस्तो अव्यवहारिक र महत्वकाङ्क्षी चुनावी आश्वासन जनतालाई नबाँडिने उल्लेख गर्नुभयो । “हाम्रो विचार र चुनावी अभियानले उम्मेदवारसँगै पार्टीलाई जनतामा स्थापित गर्छ, वैकल्पिक शक्तिका रुपमा जनताले हामीलाई छनोट गर्छन्”, उहाँले भन्नुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस