पोखरा– साझा पार्टीले कास्की जिल्ला संयोजक र पोखरा महानगर संयोजक घोषणा गर्ने भएको छ । भदौ २८ गते शनिबार जिल्ला र महानगर संयोजक घोषणा कार्यक्रमको आयोजना गरिएको साझा पार्टी गण्डकीले जानकारी दिएको हो ।
जिल्ला र महानगर संयोजक घोषणाका लागि पार्टी संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीयस्तरका नेताहरु पोखरा आउने भएका छन् । पार्टीको केन्द्रीय सदस्यको रुपमा भर्खरै मात्र आबद्ध भएकी मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल पनि यो कार्यक्रममा विशेष वक्ताको रुपमा आउँदैछिन् ।
यस्तो खालको औपचारिक कार्यक्रममा मिस नेपाल अर्थ सिग्देललाई पार्टीले पहिलोपटक पोखरामा सहभागी गराउँदैछ । ‘संगठन विस्तार अभियान अन्तरगत हामी अहिले जिल्लास्तरिय संयोजक घोषणा अभियानमा छौँ । र, यही बीचमा पोखरामा महानगर संयोजक पनि घोषणा गर्दैछौँ । नजिकिरहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पनि जिल्ला र महानगर संयोजक घोषणाले अर्थ राख्छ ।’ साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले भने ।
गण्डकी प्रदेश अन्तरगत साझा पार्टीले हालसम्म नवलपुर जिल्ला संयोजक घोषणा गरिसकेको छ । त्यस्तै सोही जिल्लाको देवचुली नगरपालिकाको संयोजक पनि घोषणा गरिसकेको छ । कास्कीको जिल्ला र महानगर संयोजक घोषणासँगै पार्टीले असोज ३ गते गोरखा जिल्ला संयोजक घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
गण्डकी प्रदेश अन्तरगतका ११ वटै जिल्ला र स्थानिय निकायहरुमा चाँडै नै संगठन विस्तार गर्ने गरि तयारी भएको संयोजक महेश भण्डारीले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस