पोखरा– बैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टी स्याङजाको जिल्ला समिति गठन भएको छ ।
संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपाल बिच एकिकृत भई बनेको समाजवादी पार्टीको स्याङजा जिल्ला अध्यक्ष ख्याम नारायण ढकालको अध्यक्षतामा ५१ सदस्यीय समिति घोषणा गरिएको हो ।
समितिको उपाध्यक्षहरुमा क्याप्टेन डिलबहादुर थापा, रबिन पाठक, भिमबहादुर बिक, सचिवमा डिबी गुरुङ, सहसचिवमा भिमा ढकाल र कोषाध्यक्षमा हरिमाया थापा रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा भरत पाठक, पोमनारायण अर्याल, चन्द्रबहादुर नेपाली, शिव पंगेनी, प्रेम पाण्डे, चिन्तामणी पौडेल, नरेन्द्र बस्याल, केशबहादुर राना, बुद्धिमान सिल्ताङ, अस्मिता बस्याल, लोकेश गैह«े, भरत खत्री, कविता रेग्मी मरासिनी, विजय गुरुङ, युग गुरुङ, रुद्रबहादुर थापा, मदन थापा, प्रमेश गुरुङ, ओम गुरुङ,लालबहादुर गुरुङ, तुलसी रोकाया, क्या.पदमबहादुर थापा, सु.तुलबहादुर राना, सु.चन्द्रबहादुर सारु, सु.नरबहादुर सारु, सु.टेकबहादुर राना, सु.चेतबहादुर थापा, ह.मोहनबहादुर थापा, बीरबहादुर पुन, कृष्ण बहादुर नेपाली लगायत चयन हुनुभएको छ ।
उक्त समायोजन कार्यक्रममा समायोजित समितिको नाम केन्द्रीय सदस्य टिका राम रेग्मीको घोषणा गर्नुभउको थियो। नवनिर्वा्चित समितिलाई प्रदेश नं.४ का अध्यक्ष मोती रिजालले सपथ ग्रहण गराउनुभएको थियो ।
यस अघि समाजवादी पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि पार्टीका प्रदेश इञ्चार्ज गणेशमान गुरुङले संघीयता र शान्तिका लागि विशेष योगदान पु¥याउने नेताहरुले समाजवादी पार्टीको नेतृत्व भएको बताउनुभयो। समाजवादी पार्टीको विचार, नितीकै कारण बैकल्पिक शक्तिको रुपमा छिटटै जनाको आकर्षण बन्ने बताउनुभयो ।
तमुवान राष्ट्रिय समितिका इञ्चार्ज रुद्रबहादुर गुरुङले संघीयता, सुशासन, समृद्धि र समाजवादका लागि नै पार्टी गठन भएको बताउनुभयो। बैकल्पिक शक्ति स्थापित गर्न मात्रै नभएर समाजवादी राज्य व्यवस्थासहितको समाजवादी समाज निर्माणका लागि समाजवादी पार्टी आएको बताउनुभयो ।
ख्यामनारायण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य हुमबहादुर गुरुङ, केन्द्रीय सदस्य एवम प्रदेश अध्यक्ष मोती रिजाल, प्रदेश सचिव पार्वती जिसी, मगर संघ पुतली बजारका अध्यक्ष लिलबहादुर रानाले शुभकामना व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा स्वागत सोमबहादुर नेपाली र कार्यक्रम संचालन डिवी गुरुङले गर्नुभएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस