पोखरा– मोफसलमै पहिलो पटक आयोजना हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) प्रतिायोगिता झिनो आशको बाबजुद तयारी तिब्र पारिएको छ । त्यसोत एसियन ७ मुलुकका कैयौं खेलाडीहरु नेपाल भित्रिदैनन भन्ने होईन । साग अन्तर्गतका आधा दर्जन बढि खेलहरु पोखरामा हुने भनिएपनि पुर्वाधार अभावका कारण पोखरामा हुने भनिएका खेलहरुमा दुबिधा देखिन्छ । यदि सागलाई पुर्ण रुपमा सम्पन्न गर्ने र मोलफसलको ईतिहास कोर्ने हो भने सम्बन्धित निकायले समयमै गतिलो कसरत गर्न जरुरी देखिन्छ । केन्द्रमा केही खेलहरु र अन्य खेल पोखरामा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषदद्वारा जारी भैसकेका छन् ।
आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबल, बिच भलिबल, प्याराग्लाईडिङ, आर्चरी लगायतका खेलहरु पोखरामा हुनेछन ।
साग अन्तर्गतका केही खेल पोखरामा हुने भनिएपनि झिनो आश रहेको कास्की जिल्ला खेलकुद बिकास समितिका निबर्तमान अध्यक्ष याम गुरुङ बताउछन । आवश्यक पुर्वाधार पुरा नहुदा खेल हुने र नहुेमा आन्यौलता छाएको उनको तर्क छ । तर हुदै नहुने भन्ने चाँही होईन, उनी भन्छन ।
पछिल्लो समय निर्माणको काम भएपनि तोकिएको मितिमा सम्पन्न नहुने प्रारम्भिक लक्षण देखा परेको भन्दै केही महिला फुटबलमा बिशेष अन्यौलता देखिएको गुरुङ सुनाउछन ।
बिशेषतः महिला फुटबलमा संका पैदा भएको भन्दै सम्बन्धित निकायले पुर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको उनी सुझाउछन ।
‘समय ज्यादै कम छ, दशैंको बेला पर्छ कामदार पाईदैनन् उनी भन्छन, ‘काम धेरै नै बाँकि देखिन्छ ।’
गुरुङ सकेसम्म समयमै ७७ जिल्लाका समितिमा पदाधिकारीलाई नियुक्ति गर्न सुझाउछन । सागलाई मध्यनजर गरेर अन्यन्त्र जिल्लामा नमिलेपनि काठमाडौं र कास्कीमा नियुक्ति गरिहाल्नुपर्ने गुरुङको भनाई छ ।
साग मार्फत पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने बताउदै खेलकुदको माध्ययमबाट पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उनी सुनाउछन । सात मुलुकका सयौं खेलाडी तथा प्रतिनिधिहरु पोखरा भित्रिदा पर्यटकिय क्षेत्रमा तरङ्ग फैलिने भएकाले साग सम्पन्न गर्न पर्यटन ब्यबसायीको समेत चाँसो हुनपर्ने सुनाउछन गुरुङ ।
यता राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ साग अन्तर्गतका पोखरामा हुने भनिएका खेलहरु पुर्ण रुपमा सम्पन्न हुनेमा दुईमत नरहेको बताउछन ।
साग अन्तर्गतका भारात्तोलन, महिला फुटबल, बिच भलिबल, महिला÷पुरुष ह्याण्डबल, प्याराग्लाईडिङ, आर्चरी र ट्रायथोलन पोखरामा हुने गुरुङ बताउछन ।
पोखरामा हुने भनिएको महिला÷पुरुष भलिबलको सट्टा ब्याडमिन्टनको बिषयमा प्रारम्भिक छलफल भैरहेको गुरुङ सुनाउछन । ‘कबर्डहलमै गर्नुपर्ने भएकाले भलिबल काठमाडौं मै पनि हुनसक्छ । गुरुङ भन्छन, ‘छलफल चलिराछ तर निर्णय नै भैसकेको चाँही छैन ।’
अन्य खेलहरुका लागि आधारभुत पुर्वाधारहरुको मर्मम संभार भैरहेको जानकारी दिदै फुटबल स्टुडियमको निर्माण कार्य तिब्र रुपमा बढेको गुरुङ सुनाउछन ।
त्यस्तै पोखरामा हुने ह्याण्डबलका लागि महिला÷पुरुष गरि ५० जना बन्द प्रशिक्षणमा रहेको नेपाल ह्यान्डबल सँघका केन्द्रीय अध्यक्ष तेज गुरुङ बताउछन ।
गुरुङका अनुसार आगामी आइतबार पहिलो चरणका खेलाडी छनौट हुनेछन । पहिलो चरणबाट २१ जना छनौट गरिने र अन्तिममा १६ सदस्यीय खेलाडी टोली घोषणा गरिने गुरुङ बताउछन ।
पोखराकै ईतिहासमा पहिलो पटक आयोजना हुन लागेको सागले बिभिन्न क्षेत्रमा फाईदा पुग्ने एन्फा कास्कीका पुर्व सचिब सुशर्दन रन्जिको भनाई छ । खेलको बिकासमा मात्र नभई समग्र पर्यटकिय गतिबिधिमा सघाउ पुग्ने तर्क दिन्छन रन्जित ।
‘पुर्वाधार निर्माण भएको देखिरहेका छौ, खेल सकिएपछि यो सरकारले लाने त होईन । उनी भन्छन, सबै हामी पोखरेलीकै सम्पत्ति हो ।’ पोखराका पर्यटन ब्यबसायीहरु यतिबेला साग बारे बिशेष चाँसो दिनपर्ने उनी बताउछन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस