सिन्धुपाल्चोक – पहिरोले घरवार र परिवारका सदस्य गुमाएका जुगल गाउँपालिका–२, लिदीका पहिरोपीडितलाई अस्थायी बासको व्यवस्था मिलाइएको छ । लिदी पहिरोपीडित १७२ घरपरिवारमध्ये १२५ परिवारलाई लिदी पहिरोबाट ११ घण्टाको दूरीमा रहेको जुगल गाउँपालिका–१, सेलाङको बाँसखर्क सामुदायिक वन क्षेत्रमा टेन्ट हालेर अस्थायी रूपमा बसोबासको व्यवस्था गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको ९८ वटा टेन्टमा अस्थायी बासको व्यवस्था गरिएको छ । लिदीमा पहिरो गएको १४ दिनपछि पहिरोपीडित टेन्टको व्यवस्था भए पनि खानेपानी र शौचालयको उचित प्रबन्ध भएको छैन ।
टेन्टमा अभिभावक गुमाएका बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीलाई राखिएको छ । हिमाली क्षेत्र भएका कारण वर्षा भइरहने गरेकाले चिसो हुन थालेपछि विस्थापितहरू बिरामी पर्न थालेका छन् । गत साउन ३० गते लिदीमा पहिरो जाँदा ३९ जना बेपत्ता भएकोमा ३३ जनाको शव फेला परेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस