वीरगञ्ज: वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएका पिसिआर परीक्षणमा सोमबार राति आएको रिर्पोटमा दुई चिकित्सक, तीन नेपाली सेना सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका ३४ जना संक्रमितमध्ये चार जना महिला छन् । नयाँ संक्रमितमा दुई जना बाराका, एक जना सर्लाहीका र एक जना सुर्खेत घर भई नेशनलमेडिकल कलेजमा कार्यरत २८ वर्षिय महिला डाक्टर रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।
वीरगञ्जको गण्डकस्थित कोरोना विशेष नारायणी अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले सोमबार संक्रमण पुष्टि हुनेमा, चिकित्सक,सैनिक,पत्रकार र थुनुवा रहेको जानकारी दिएका छन् । सोमबार पुष्टि भएका नयाँ संक्रमितहरु १४ वर्ष देखि ५६ वर्ष उमेर समुहका रहेका छन् । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका २७ जना, वीरगञ्ज बसोवास गर्दै आएका पोखरिया नगरपालिकाका तीन जना , जिराभवानी गाँऊपालिका सेढ्वाका एक जना, सर्लाही र सुर्खेत स्थायी घर भएका १/१ जना गरी पर्सामा ३२ जना र बारा कलैया र फेटाका १/१ जना गरी थप ३४ जनामा संक्रमण देखिएको हो ।
सोमबार संक्रमण पुष्टि भएका चिकित्सकहरुका सुर्खेत स्थायी घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बस्दै आएका २८ वर्षिय महिला र नारायणी वयोधा अस्पतालका कार्यरत वीरगञ्ज ११ रानिघाटका ३४ वर्षिय पुरुष छन् । कन्ट्याक्ट ट्रेसिङको क्रममा पिसिआर परिक्षण गराएका नौ जनामा कोरोना संक्रमण देखिएको हो भने स्वेच्छाले पैसा तिरेर स्वाब परीक्षण गराएका ९ जनामा समेत कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित भई मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका वीरगञ्जको घण्टाघरछेऊमा रहेको चण्डीप्रसाद गणका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका जवानहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार पुष्टि भएका संक्रमितहरुमा वीरगञ्जका एक पत्रकार र वडा प्रहरी कार्यालय विर्तामा रहेका २० वर्षिय एक थुनुवामा पनि संक्रमण देखिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस