यासोक -कुम्मायक गाउपलिकको मुख्य बाजा केन्द्र यासोक बजारको रानीगाउँ तर्फ अलि कति ओरालो झर्यो भने एकजना बिरामी बाच्ने आशा लिएर छटपटाइ रहेको अवस्थामा भेटिन्छन। उनको श्रीमतीले हमेसा हेरचार गरिरहेकी हुन्छिन।
ती बिरामी हुन् , जगत बहादुर सम्बाहाम्फे। साबिक रानीगाउँ छ का जगत लिम्बु समुदायका पुजारी अथवा ‘फ़ेदाङ्गमा’ हुन् । आफु निको अवस्थाको ‘फ़ेदाङ्गमा’ हुँदा यासोक रानीगाउँ स्याब्रुम्बा माङ्गजाबुङ्ग मात्र होइन अझै टाडा टाडाका गाउँमा पुगेर लिम्बु कुल देव देवीको पूजा अनुष्ठान गरि दिन्थे। त्यति मात्र होइन गाउँमा बिरामी फुकेर निको पार्ने जिम्मा नै उनको थियो।
जब जगतको उमेर ढल्किंदै गयो, उनलाई एउटा रोगले च्याप्दै गयो। घरि खुट्टा दुख्ने घरि ढाडको नशा दुख्ने। दुखाई सहन नसकेपछि झारफुक भन्दा औषधिमुलोलाई प्राथमिकता दिएर अस्पताल चाहार्न थाले। विज्ञ चिकित्सकले दिएको सल्लाह अनुसार उनि गत बैशाखमा न्युरो अस्पताल बिराटनगर र बीपी कोइराला मेमोरियल अस्पताल धरान पुगेर आफ्नो रोग पत्ता लगाए।
चिकित्सकको कुरा सुनेर उनि झस्किए। जगतलाई ‘प्रोष्टेड क्यान्सर ‘ भएको रहेछ। सामान्य आर्थिक अवस्था भएका उनले केहि सहयोग रकम जुटाएर भरतपुर क्यान्सर अस्पताल चितवन पुगे। त्यहाँ चिकित्सकको धेरै रकम लाग्ने बताए पछि उनि घरमै आएर क्यान्सर रोग संग लडी रहेका छन्।
जगतको भलो गर्दै हिडेका ‘जगत’ लाई बचाउन परिवारले सबैलाई आर्थिक सहयोग गर्न अनुरोध गरेका छन्।
नाम -जगतबहादुर लिम्बु
कुम्मायक ४ रानीगाउँ
फोन न 9844399173
बैंक खाता :- मेगा बैंक
शाखा यासोक, पांचथर
खाता न -०९६००५७८६८९६३
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस