काठमाडौं-सातवटा प्रदेश मध्ये नामाकरण बाँकि रहेको १ नं. प्रदेशको नाम समय घर्किएसँगै झन-झन गिजोलिँदै गएको छ।
प्रदेशको नाम पहिचानको आधारमा हुनु पर्ने माग पहिचानबादी खासगरी माओबादी र जसपाले उठाउँदै आएको बिगत लामो समय मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका एमालेको केन्द्रको दवावको कारण रोकिएको नाम तोक्ने काम अहिलेको सरकार आएपनि अगाडि बढ्न सकेको छैन।
यो अधिवेशन अन्तिम भएकोले एकातिर नाम तोक्ने दवावमा प्रदेश सरकार छ भने पहिचानबादी बीचमा नै एकमत नहुँदा नामाकरणको काम झन जटिल बन्दै गएको छ।
अहिले लिम्वुवान र किराँतको पक्षमा जनमत बिभाजित भएको छ |
लिम्वुवान-किराँतको पक्षमा दवाव र संघर्ष समिति नै बनाएर शक्ति प्रदर्शनमा उत्रिएका समुहले दिनहुँ जिल्ला सदरमुकाम मुख्य बजार प्रदेश र संघिय राजधानी शहरहरुमा प्रदर्शन र दवाबमूलक कार्यक्रम गर्दैछन ।
यसैक्रममा आज प्रदेश राजधानी बिराटनगरमा किराँत-लिम्वुवान संघर्ष समितिको आयोजनामा प्रदर्शन गर्दैछ भने आजै काठमाडौको माईतिघरमण्डलमा पनि एकैसमय दिनको १ बजे प्रदर्शन हुने संघर्ष समितिले जनाएको छ ।
लिम्वुवान मोर्चाका सदस्य तथा सम्पर्क विशेष प्रदेश समिति सदस्य पकन्दी लिम्वुले बिराटनगरबाट दिएको जानकारी अनुसार बिराटनगरमा सम्पूर्ण तयारी पूरा भएको र आजको प्रदर्शन ऐतिहासिक हुनेछ।
एकातिर, दिनहुँका दवावको बीचमा १ महिनाभित्र सहमति कायम गरि नामाकरणको काम सकिने र प्रदेशले नाम पाउने मुख्यमन्त्री र प्रभावशाली अर्थमन्त्री ईन्द्र आङवो ढुक्क छन् ।
उता पहिचानबादी बीचमा सहमति नहुँदा संघियता बिरोधीहरुले प्रदेश खारेजीको माग उठाउन लगाएर धमिलो पानीमा माछा मार्न सुरु गरेका छन । एमालेका तल्लो तहका कार्यकर्ताबाट आएका टिप्पणीलाई यसैको अभिव्यक्तिका रुपमा लिन सकिने बिश्लेषकहरु बताउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस