विराटगनर – प्रदेश नं १ प्रदेशसभाको चैत्र २ गतेका लागि बोलाएको बैठक फेरी पनि सूचना टाँस गरी स्थगित गरिएको छ ।
आइतबार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गर्नुभएको हो । यस अघि फागुन २० गतेका लागि बोलाएको बैठक पनि सूचना टाँस गरी स्थगित गरिएको थियो ।
प्रदेश १ प्रदेशसभामा सरकारका मुख्यमन्त्री शेरधन राईका विरुद्धको अविश्वास प्रस्ताव फागुन ९ गते टेबुल भएको थियो । सो अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूचि भएपनि पटक पटक बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।
सत्तारुढ दलभित्रको विवाद र प्रदेश सरकारले प्रदेशसभाका लागि बिजनेश नदिएका कारण प्रदेशसभाको बैठक सुचारु गर्न समस्या भएको हो ।
पटक पटक सूचना टाँस गरेर प्रदेशसभा बैठक स्थगित गरेर सरकारले संसदलाई वेवास्ता गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंसका प्रमुख सचेतक केदार कार्कीले भत्र्सना गर्नुभएको छ । उहाँले सरकार जिम्मेवार नभएकै कारण सदनमा बिजनेश अभाव भएको र सदनप्रति अनुदार भएको टिप्पणी गर्नुभयो ।
जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवले सभामुखले दलहरुसँग कुनै छलफल र परामर्श नगरी मनखुसी बैठक स्थगित गर्ने कार्य गैरजिम्मेवार भएको टिप्पणी गर्नुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस