‘मुख्यमन्त्री र लालझण्डाको आडमा नेकपाको नेता मल तस्करीमा’ भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचार भ्रामक भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाँउ पालिकाले खण्डन गरेको छ ।
आफनो पार्टीको कुनै पनि संलग्नता नभएको र केही सञ्चार माध्यमले नबुझीकन समाचार सम्प्रेषण गरेको विज्ञप्तिमा उल्लेख छ । सञ्चारमाध्यममा आएका समाचार अनुसार अर्जुन कट्वाल नेकपाको बरिष्ठ नेता नभएको प्रष्ट पारेको छ । विज्ञप्तिमा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता अर्जुन भुजेल नेपालीको संलग्नता रहेको जानकारी गराउँदै नेकपा अरुण गाँउपालिकाप्रति लगाइएको उक्त भ्रामक आरोपको पुष्टि गर्न चुनौती दिएको छ ।
सो आरोपको खण्डन गर्दै सत्यतथ्य छानविन गरी दोषीलाई कानून बमोजिम कडा भन्दा कडा कारबाही गर्न विज्ञप्तिमार्फत माग गरेको छ । विज्ञप्तिमा आफनो पार्टीलाई बद्नाम गराउने उद्देश्यले भ्रामक, कपोल्कल्पित, अतिरंजित र तथ्यहीन समाचार सम्प्रेषण गर्नु पेशागत अपराध भएको नेकपा अरुण गाँउ पालिकाका अध्यक्ष बलभद्र राईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस