काठमाडौँ – कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ ।
प्रदेश नं १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्नेे तयारी शुरु गरेको प्रदेश सरकारले जनाएको छ ।
सरकारले बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने तयारीसँगै ४५० श्यया (बेड) को आइसोलेसन उपचार केन्द्र निर्माणकार्यलाई तीव्र पारेको छ । कोरोना सङ्क्रमित वृद्धि भएसँगै उनीहरुको वर्गीकरण गरेर उपचार गर्ने तयारी शुरु गरिएको छ । प्रदेशमा यसअघि कोभिड–१९ उपचार केन्द्रका रूपमा विराटनगर र सुनसरीको धरानमा सञ्चालन गरिसकेको छ । यस्तै मेची अस्पतालमा पनि कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल तयार शुरु गरिँदैछ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय मोरङको गोठगाउँ, झापाको दमक, सुनसरीको वराहक्षेत्र र नेपाली सेनाको पूर्वी पृतना इटहरीमा गरी ४५० बेडको आइसोलेसन उपचार केन्द्र तयार गर्ने काम भइरहेको जानकारी दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र सातै प्रदेशका सामाजिक विकास मन्त्रीको मङ्गलबार भएको अनलाइन संवादमा मन्त्री घिमिरेले सो जानकारी दिएका हुन् ।
प्रदेशमा कोरोना सङ्क्रमितको उपचारलाई वर्गीकरण गर्ने तयारी गरिएको उनले बताएका छन् । मन्त्री घिमिरेले भन्नुभयो, “कोरोना लक्षण देखिएकालाई अस्पतालमा र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन उपचार केन्द्रमा राखिनेछ । सङ्क्रमितको उपचार वर्गीकरण गरेर गर्ने गरी आवश्यक मार्गदर्शन र निर्देशिका प्रदेश सरकारले तयार गरिसकेको उहाँले बताउनुभयो । प्रदेशमा पुल विधिबाट कोरोना परीक्षणको काम शुरु भएको जानकारी दिँदै परीक्षणको क्षमता बढेसँगै आवश्यक सामग्रीको भने अभाव भएको उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकालको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशमा जेठ र असार भित्रमा ७० हजारको पिसीआर परीक्षण गर्ने गरी सरकारले काम गरिरहेको मन्त्री घिमिरेको जानकारी दिए । उनले ४० हजार प्रदेशवासी र ३० हजार भारतबाट आउनेको परीक्षण गर्ने तयारी शुरु गरिएको र पिसीआर परीक्षणको क्षमता बढाएसँगै किट अभाव भएको बताए । प्रदेशमा कन्टयाक्ट ट्रेसिङ, टेष्टिङ र ट्रिटमेन्ट गर्ने टिम अलर्ट रहेको मन्त्री घिमिरे बताउँदै कोरोना सङ्क्रमितको उपचार कोभिड अस्पतालबाट केन्द्रित गर्दा सरकारी अस्पतालले नियमित सेवा दिन सकेको उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस