दमक– प्रदेश १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कानून निर्माण र विकास खर्चको आधारमा यो प्रदेश देशकै अब्बल प्रदेश बन्दै गएको बताएका छन् ।
दैनिक कार्य सञ्चालनका लागि विभिन्न ४२ कानून निर्माण भइसकेको र बजेट कार्यान्वयनमा देखिएको प्रभावकारिताले पनि प्रदेश सरकार अब्बल बन्दै गएको उनको भनाइ थियो ।
आज झापाको गौरादहस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाटमा प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाउन वर्तमान सरकारले काम गरिरहेको जिकिर गरेका छन् ।प्रदेशमा यसवर्ष रु ४२ अर्बको बजेट भएको बताउँदै उनले त्यस बजेटको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकताका साथ काम गर्ने विश्वास दिलाए ।
देशमा तीन खालका कानून विद्यमान रहिरहेकाले पनि सोचेजतिका काम हुन नसकेको गुनासो गर्दै मन्त्री कार्कीले स्थानीय तहका जनप्रतिनधिलाई सुविधा उपलब्ध गराउने कानून निर्माणमा परिपक्बता देखाएकै कारण अन्य प्रदेशको ऐन खारेज हुँदा पनि यहाँको ऐन यथावत् रहेको छ भने ।
प्रदेशको नामाकरणका लागि विभिन्न नाम अहिले छलफलमा रहेको छ भन्दै मन्त्री कार्कीले केही नाम बहसमा आए पनि सबैको भावना समेटेर यस वर्षको हिउँदे अधिवेशनमै नामाकरण गरिने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस