तेह्रथुम- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ४१ वर्ष अघिदेखि प्रक्रिया अगाडि बढेर अड्किएको आठराई विमानस्थल निर्माणले गति लिने बताएका छन् ।
हवाईमैदानको स्थलगत अध्ययनका लागि चुहानडाँडा आएका मन्त्री भट्टराईले विमानस्थल निर्माणको आवश्यक प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए |
यो आर्थिक वर्षभित्र विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन र बोलपत्र आह्वानको कार्य हुने भएकाले विमानस्थल बन्ने मन्त्री भट्टराईले बताए । अरू विमानस्थलभन्दा पनि विभिन्न कारणले चुहानडाँडा विमानस्थल प्राथमिकतामा रहेको उनको भनाइ थियो ।
पाँचथर, ताप्लेजुङ र तेह्रथुमको केन्द्रमा भएकाले सो विमानस्थल निर्माण हुनु महत्वपूर्ण रहेको मन्त्री भट्टराईले जनाए । आठराई गाउँपालिका–६ चुहानडाँडामा रहेको थुम्कीडाँडामा विमानस्थल बनाउने चर्चा २०३२ सालदेखि नै चलेको हो ।
यसअघि पाँच पटक सम्भाव्यता अध्ययन गरिएको छ । विमानस्थल निर्माणका लागि २०३२, २०३५, २०६९ र २०७१ सालमा सम्भाव्यता तथा सर्वेक्षण गरिएको थियो ।
सम्भाव्यता तथा सर्वेक्षण अध्ययनका आधारमा उपयुक्त ठहरिइ २०७३ मा विस्तृत सर्वेक्षण भई लागत स्टिमेटसमेत भएको भक्तराज स्मृति आठराई थुम्की विमानस्थल सरोकार समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य तेजमान कन्दङवाले उल्लेख गरे ।
विमानस्थल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई, सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अनुरोध गरिएको कन्दङवाले बताए । विमानस्थलका लागि पटकपटक अध्ययन र प्रतिनिधिमण्डल सरकारसमक्ष पुगे पनि कार्यान्वयनमा आउन नसकेको स्थानीयवासी रामबहादुर लिम्बूको भनाइ थियो । आठराई क्षेत्रको आवश्यकता र समृद्धिसँग जोडिएको विमानस्थलको जग्गा मुआब्जाका लागि रु दुई करोड ५० लाख लाग्ने भक्तराज स्मृति आठराई थुम्की विमानस्थल सरोकार समितिका सचिव रामचन्द्र थपलियाले बताए ।
दुई सय ७१ रोपनीमा फैलिएको सो ठाउँमा १० स्थानीयवासीको जग्गा छ । मन्त्री भट्टराईसँगै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल र प्राविधिकसहितको टोली आठराई आएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस