विराटनगर – गण्डकी प्रदेशका अन्तर प्रदेश भ्रमण टोली प्रदेश नं एक पुगेको छ । टोलीले सोमबार विराटनगर पुगेर प्रदेश मुख्यमन्त्री शेरधन राईको टोलीसंग दुई प्रदेशको पर्यटन प्रर्वद्धन र सहकार्य विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ ।
विराटनगरका विभिन्न उद्योगी व्यावसायी सहितको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री राईले आफ्नो प्रदेशले पोखरा विराटनगर सिधा हवाई सेवा सुरुवात गर्न चाहेको बताए ।
दुवै प्रदेश पर्यटनको प्रचुर संभावना भएको प्रदेश भएकाले हवाई सेवाको माध्यामबाट पर्यटक अदान प्रदानमा सहयोगी हुने विश्वास व्यक्त गरे । हवाई सेवाका लागि आफ्नो प्रदेशले प्रक्रिया सुरु गरिसकेको जानकारी गराउदै गण्डकी प्रदेशको यसमा सहयोग भएमा हवाई सेवा चाडै सञ्चालनमा आउने समेत उनको भनाई थियो ।
सगरमाथा, पाथीभरा, हलेसी लगायतका क्षेत्र आफ्नो प्रदेशको पर्यटकीय क्षेत्रहरु भएको बताउदै यी गन्तव्यमा घुम्न आउन समेत गण्डकी प्रदेशवासीलाई उनले आग्रह गरे ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री विकास लम्सालले आफुहरु पनि पोखरा विराटनगर हवाई सेवा सुरुवात होस भन्ने पक्षमा रहेको बताए । यसका लागि प्रक्रिया चाडै अगाडि बढ्ने बताउदै यसबाट पर्यटन आगमनमा थप सहज हुने विश्वास व्यक्त गरे ।
उनले आन्तरिक पर्यटकको स्वागतका लागि गण्डकी प्रदेशका् गतव्यहरु तयार रहेको सन्देश दिनका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताउदै सवैलाई प्रदेशमा भ्रमणमा आउन आग्रह गरे ।
कार्यक्रममा बोल्दे विराटनगरका व्यावसायीहरुले समेत पोखरा विराटनगर सिधा हवाई सेवाले पर्यटनमा सकरात्मक प्रभाव पार्ने बताएका थिए ।
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई कार्यक्रमले सहयोग पुग्छ- मुख्यमन्त्री पौडेल
भ्रमण टोलीले आइतबार हेटौडामा समेत अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा बोल्दै प्रदेश नं. तीनका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धि नेपाल, सुखी नेपालीको यात्रामा गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सवैले राष्ट्रको विकासमा योगदान दिन जरुरी रहेको बताउदै पर्यटनका माध्यामबाट गण्डकी प्रदेशले प्रगति गर्न सक्ने संभावना रहेको बताए ।
उनले गण्डकी प्रदेशले दिएको प्रदेश भ्रमणको निम्तालाई आफ्नो प्रदेशमा प्रचार प्रसार गर्न प्रदेश सरकारको सहयोग हुने बाचा समेत गरे । कार्यक्रममा पर्यटन प्रर्वद्धन कार्यक्रमका संयोजक जुद्ध गुरुङ सस्कृति, प्रकृति र साहसिक पर्यटनको नमुनाको रुपमा गण्डकी प्रदेश रहेको अथ्याउदै प्रदेशको प्राकृतिक सौन्दर्यताको फाइदा उठाउन प्रदेश नं तीनको स्थानीयलाई अनुरोध गरे ।
भ्रमण टोलीमा नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशले फोटो प्रर्दशनी गरिरहेको छ भने कलाकारहरुको टोलीले प्रदेशमा प्रचलित विभिन्न सास्कृतिक झा“कीहरुको प्रर्दशन गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस