पाँचथर-पूर्वी पहाडको पाँचथर जिल्लामा दुई साता यता डेंगुका संक्रमण भएका १२ जना विरामी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको तथ्याङ्क अनुसार जिल्लामा १२ जनामा डेंगँुको सक्रमण भेटिएको हो ।
स्वास्थ्य कार्यालय पाँचथरले दिएका तथ्याङ्क अनुसार फिदिम १ का रोशन श्रेष्ठ, कल्पना भण्डारी, श्रीष्मा आङ्देम्बे, सोफिया थापा रहेका छन् भने । फिदिम ११ का कमल न्यौंपाने, फिदिम १२ का रामकुमार राई र फालेलुङ गाउँपालिका २ का लोकीमाया बाँनिया, लियन थोक्लिहाङ, देउमाया खत्री रहेका छन् ।
यस्तै पाँचथर जिल्लामा कार्यरत कर्मचारीहरु मोरङ घर भएका पुरुषोत्तम पौडेल र काठमाडौं घर भएका पुरुषोत्तम आचार्यलाई समेत डेंगुको संक्रमण भेटिएको कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिए ।
तुम्बापोका अनुसार जिल्ला अस्पताल पाँचथरमा डेंगँु परिक्षण गर्ने किड नहुँदा फिदिम स्थित समर्पित अस्पतालमा परिक्षण गरी डेंगुँ प्रमाणित भएको हो । जिल्लामा डेंगुँ फेला पर्न थालेपछि जिल्ला अस्पतालमा पनि ३० थान किड झिकाईएको छ । अव जिल्ला अस्पतालमै डेंगुको परिक्षण हुने तुम्वापोले वताए ।
डेंगुँ संक्रमित मध्ये केहिलाई जिल्ला बाहिर रेफर गरेर उपचार भइरहेको छ भने केहिको समर्पित अस्पताल पाँचथरमा उपचार भइरेहेको तुम्बापोले वताए । संक्रमितहरुलाई कसरी संक्रमण भयो भन्ने वारेमा प्रदेश सरकार संग सम्वन्वय गरेर अध्ययन सुरु गरीएको जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।
तराईका जिल्लाहरुमा देखिने डेंगु पहाडि जिल्ला पाँचथरमा समेत ठूलो संख्यामा फेला परेपछि स्वास्थ्य कार्यालयले तथ्याङ्क संकलन गर्न थालेको वताइएको छ । एक्कासी ज्वरो आउनु, ज्वरो पाँच सात दिन सम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरिर कटकटी दुख्नु लगायत डेंगुका लक्षण भएको तुम्बापोले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस