पाँचथर-पाँचथर र ताप्लेजुङ जिल्लाका पाँच वटा ग्रामिण सडक कालोपत्र हुने भएका छन् । पूर्वाधार बिकास कार्यालय पाँचथरद्वारा पाँचथर जिल्लाको फिदिम स्थित सरखण्डे–यासोक सडक, शिवा दोभान–लुम्फाबुङ–नवमीडाँडा सडक, फिदिम–फालोट सडक कालोपत्र हुने भएको हो । राँके–रवि–६ नम्बर बुधबारे सडक खण्ड अन्तर्गत ३८० मिटर भने आर.सी.सी. ढलान भइसकेको छ । त्यस्तै, ताप्लेजुङ जिल्लाको मामाङखे–याम्फुदिन सडक खण्ड र गुफा–भुजे–देउराली–गोर्जा–चाँगे दोभान सडक कालोपत्र हुने भएको हो ।
पूर्वाधार बिकास कार्यालय पाँचथरका प्रमुख भरत कुमार यादवका अनुसार सरखण्डे–यासोक ११ दशमलव ३१० किलोमिटर कालोपत्र हुने भएको हो । यो सडकको ४७ करोड ७ लाख रुपैंयाँमा लामा सांग्रीला जेभीले काम गर्ने भएको हो ।
त्यस्तै, शिवा दोभान–लुम्फाबुङ–नवमीडाँडा सडक १३ दशमलव ९२१ किलोमिटर कालोपत्र हुने भएको हो । यस सडक खण्ड ५९ करोड ३६ लाख रुपैंयाँमा कान्छाराम याक्थुमहाङले काम गर्ने भएको हो । त्यसैगरी फिदिम–फालोट सडक अन्तरगत जिरोबाट १० दशमलव ११२ मिटर कालोपत्र गरीने भएको हो । यो कन्काई पि.एस. जेभीले ४६ करोड ४८ लाख रुपैंयाँमा काम सक्ने गरी जिम्मा लिएको छ ।
त्यस्तै पाँचथर र इलामको सिमावर्ति राँके–रवि–६ नम्बर बुधबारे सडक खण्डको जिरोबाट ३८० मिटर प्रहरी चौकी सम्म आर.सी.सी. ढलान १ करोड १५ लाख रुपैंयाँमा अधिकारी इश्वरी जेभीले काम सकिसकेको छ ।
ताप्लेजुङ जिल्लाको फुङलिङ–नाङखोल्याङ–कामिडाँडा–थेचम्बु–चाक्सिबोटे–थुम्मेदिन–हेलम्बू–खाम्बेदिने–तेल्लोक–मामाङखे–याम्फुदिन–कञ्चजघां बेश क्याम अन्तरर्गत मामाङखे–याम्फुदिन सडक खण्ड ७ दशमलव ४ किलोमिटर कालोपत्र हुँने भएको हो । यो सडक रौताहा सेवालुङ जेभीले ४४ करोड रुपैंयाँमा जिम्मा लिएको छ । ताप्लेजुङको गुफा–भुजे–देउराली–गोर्जा–चाँगे दोभान ७ दशमलव ३५० मिटर सडक कालोपत्र हुँने भएको हो । यो खण्ड लुम्बिनी गजुरमुखी जेभीले ३५ करोड ८० लाख रुपैंयाँमा जिम्मा लिएको हो ।
सम्पूर्ण सडकहरु ८ दशमलव ५ मिटर चौडाको हुने यादवले बताए । जस्मा ५ दशमलम ५ किलोमिटर कालोपत्र र अन्य ग्राभेल गरीने यादवले जानकारी दिए । प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुने उक्त सडकहरु दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यादवको भनाई छ ।
पाँचथरका तीनवटा सडकको बिहीबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले शिलान्यास गर्दै छन् । रवि–राँकेको ३८० मिटर आर.सी.सी.ढलानको भने बुधबार आङबोबाटै उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख यादवले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस