काठमाडौं- भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका मालपोत कार्यालय, कलंकीका तत्कालीन कर्मचारी हरि आचार्यले आत्महत्या गरेका छन्। दुई पृष्ठ लामो ‘सुसाइड नोट’ लेखेर उनले आत्महत्या गरेका हुन्।
उदयपुरको त्रियुगा नगरपालिका-१० घर भएका आचार्यको शव प्रहरीले आइतबार त्रियुगा नगरपाकिला-९, रातामाटे जंगलमा झुण्डिएको अवस्थामा फेला पारेको थियो।
शनिबारदेखि हराएका ५५ वर्षीय आचार्यको खल्तीमा सुसाइड नोट फेला परेको थियो।
सुसाइड नोटमा उनले परिवारलाई राम्रोसँग मिलाएर राख्न नसकेको र गर्दै नगरेको भ्रष्टाचारको आरोप लागेकाले आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन्।
डिएसपी हरिकृष्ण आचार्यका अनुसार उनले सुसाइड नोटमा लेखेका छन्, ‘म कसैको २ रुपैयाँसमेत नखाने चोखो मान्छेलाई भ्रष्टाचारी बनाउन खोजियो। अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस्। मलाई भ्रष्टाचारी देख्नु अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना!’
उनले सुसाइड नोटमा परिवालाई समेत केही निर्देशन दिएका छन्।
उनले श्रीमती छोराछोरीलाई मिलेर बस्न आग्रह गरेका छन्। आफ्नो बैंक खातामा भएको रकमसमेत उल्लेख गरेर छोरालाई राम्रोसँग पढ्नु भन्दै लेखिएको सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ।
मृतक आचार्य शनिबारमात्रै काठमाडौंबाट उदयपुर गएका थिए।
त्यसपछि घरमा झोला र मोबाइल राखेर उनी निस्किएका थिए।बेपत्ता भएपछि उनलाई शनिबार दिनभर खोजी गरिए पनि फेला पारिएको थिएन। अन्ततः घर नजिकैको जंगलमा उनको शव झुण्डिएको अवस्थमा फेला परेको प्रहरीले जनाएको छ।
अख्तियारले ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको भन्दै नायब सुब्बा आचार्यसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध गत जेठको दोस्रो साता मुद्दा दायर गरेको थियो।
उक्त जग्गा नेपाल सरकारको नाममा आइसकेको थियो। तर, मिलेमतोमा सरकारी जग्गा हाउजिङको नाममा पास गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
चन्द्रागीरि नगरपालिकामा पर्ने पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा सुयल हाउजिङ कम्पनीका नाममा दर्ता भएको पाइएपछि सो कार्यमा मिलेमतो गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो। त्यसपछि आचार्य निलम्बित भएका थिए।
उनीहरुले सरकारी जग्गा कीर्ते गरेर २ करोड २१ लाख १० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको थियो।
(प्रतिकात्मक तस्बिर)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस