पाँचथर-मेची राजमार्गको फिदिम– इलाम सडक खण्ड अन्तर्गत पाँचथरको फाल्गुनन्द–३, पाङ्ग्रेभीरमा अझै पनि यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ । सडकमाथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सो क्षेत्रमा स्थानमा झण्डै दुई साता अघि वाट लगातार पहिरो झर्न सुरु भएको हो । सो क्रम हालसम्म पनि रोकिएको छैन ।
पहिरोले करीब एक सय मिटर सडक जोखिमपूर्ण बनेको छ । पहिरो वारि र पारि स्थानीय प्रशासनले सुरक्षाकर्मी खटाएको छ । दुई वटा स्काभेटर तैनाथ राखिएका छन् । ढुंगा–माटो खस्दा दुबै पट्टि गाडि रोकेर सफा गरी सवारी साधनलाई आवत–जावत गराउदै आएको त्यहाँ खटिएका एक सुरक्षाकर्मीले बताए ।
ज्यानको बाजि राखेर पहिरो पार गर्नुपरेको सवारी चालकहको गुनासो छ । सवारी चालक मात्र होइन यात्रा गर्ने यात्रुहरु समेत त्रासका वीच यात्रा गर्नुपरेको बताउछन् ।
जिल्ला ट्राफिक कार्यालय फिदिमका प्रमुख जनक तिम्सिना पनि यात्रा जोखिमपूर्ण नै भएको बताउछन् । उनका अनुसार माथिबाट पहिरो झरीरहन्छ । सुरक्षा निकायका साथीहरु र ट्राफिक सहकर्मीहरु दिनरात खटिरहेका छन् । वारीपारी स्काभेटर राखिएको छ पहिरो झर्न साथ पन्छाउने गरीएको छ ।
अहिले जोखिममै यात्रा भइरहेको छ । यस विषयमा प्रदेश सरकाले समेत चासो देखाएकोले बैकल्पिक सडक व्यवस्थापन हुनुपर्ने सरोकार पक्षको भनाई छ ।
बैकल्पिक बाटो कताबाट बनाउने भन्ने विषयमा सरोकारवालाहरुसंग छलफल भइरहेको छ । चाडो भन्दा चाडो यसको निकास निकाल्न तर्फ लागि परेको छौ सरोकारवाला पक्षको भनाई छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीको संयोजनमा समस्या ग्रस्त पाङ्ग्रेभीर नजिकैको गुम्बाडाँडा देखि पद्मकन्या आधारभूत विद्यालय हुँदै राँके सडकलाई तत्कालका लागि बैकल्पिक सडकको रुपमा प्रयोग गर्ने सरोकारवालाहरुसँगको आकस्मिक बैठले निर्णय गरेको थियो । उक्त बाटोको खाल्डा खुल्डि पुर्ने, साँघुरो ठाउँमा चौडा गर्ने काम पनि भयो तर, सो क्षेत्रबाट सवारी गुड्नभने सकेका छैनन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस