पाँचथर-युवाहरूलाई कुलतमा फस्न नदिन र नैतिक शिक्षा दिलाई समाजिक उत्तरदायित्व बोध गराउने उद्देश्यले १ नम्बर प्रदेश सरकारले ‘म अघि बढ्छु’ कार्यक्रम शुरु गरेको छ ।
१ नं. प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी मंगलवारवाट ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको हो ।
विद्यालयस्तरमै लागूऔषध प्रयोग र यसले पार्न सक्ने दूरगामी प्रभावबारे विद्यार्थीमा सचेतना सहितको कार्यक्रम गरीने भएको हो ।
खासगरी ‘टिनएजर्स’ विद्यार्थीलाई कुलतमा फस्न नदिन प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘म अघि बढछु’ कार्यक्रम सुरु गरेको हो ।
एक नं. प्रदेशका १४ वटै जिल्लामा सञ्चालित कार्यक्रमले दुई हजार विद्यालयलका दुई लाख वढी विद्यार्थीलाई समेट्ने लक्ष्य लिएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘म अघि बढ्छु, सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रम घोषणा हुँदै गर्दा प्रदेशभरिका १४० विद्यालयका १५ हजार विद्यार्थी माँझ क्लब गठन भएको भन्दै मुख्य मन्त्री राईले कार्यक्रम मार्फत स्वस्थ र सुरक्षित समाज निर्माण हुनेमा विश्वास व्यक्त गरे ।
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले ग्रामीण र शहरी क्षेत्रका धेरै परिवार लागूऔषध दुव्र्यसनका कारण निकै सङ्कटमा परेकोले सचेतामूलक कार्यक्रम शुरुवात गरेको बताए ।
‘पढ्ने उमेरका विद्यार्थी नै यसको प्रयोगको अधिक जोखिममा रहेकोले ग्रामीण भेगसम्म पु¥याउने गरी कार्यक्रमको स्वरूप तयार गरेका हौं,’ मन्त्री कार्कीले भने । ‘म अघि बढ्छु’ कार्यक्रम सरकारकै पहलकदमीमा गठन भएका सगरमाथा टिन्स क्लब मार्फत सञ्चालन गरिने जानकारी उनले दिए ।
मन्त्री कार्कीका अनुसार विद्यालय र विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रम सञ्चालन गर्न प्रदेशका १४ वटै जिल्लामा मुख्य प्रशिक्षक परिचालन गरिएको छ । उनीहरूले हरेक विद्यालयलाई लक्षित गरी लागूऔषध प्रयोग, यसको जोखिम, प्रभाव र सामाजिक रूपमा पार्न सक्ने खतराबारे सचेतना दिनेछन् ।
उनीहरू सबै स्वयम्सेवकका रूपमा नियुक्त भएको बताइएको छ । ‘सचेतना कार्यक्रममा विद्यालयमा लागूऔषधबारे एउटा छुट्टै कक्षा सञ्चालन गरिने छ, उनले भने, ‘विपद्को जोखिम र यसबाट बच्ने उपायबारे पनि शिक्षा दिइने छ ।’
प्रदेस सरकारले आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रममार्फत् यो कार्यक्रम अघि सारेको हो । यसका लागि दुई करोड ५० लाख बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि बजेट थप गरी पाँच करोड ४६ लाख रुपैयाँ पु¥याइएको मन्त्री कार्कीले जानकारी दिए ।
प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यविधिसमेत तयार गरेको छ । कार्यक्रम अन्तर्गत कक्षा ९ देखि १२ सम्म अध्ययनरत १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई जिम्मेवार, चरित्रवान, सभ्य, सिर्जनशील बनाउँदै सामाजिक उत्तरदायी र समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिइएको मन्त्रालयका सचिव भरतमणि रिजालले जानकारी दिए ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
युवालाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान बनाउने उद्देश्यले प्रदेश १ सरकारले कार्यक्रम शुभारम्भ गरेको हो। आजका किशोररकिशोरी देशका कर्णधार, यिनीहरूको सक्षमता नै समुन्नतिको आधार भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रमले नैतिक शिक्षाको खडेरी लागेको अवस्थामा केहि सकारात्मक परिवर्तन ल्याउने सरोकारवालाहरुको वुझाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस