पाँचथर-प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले प्रदेश १ मा खेलकुद संस्थागत ढंगवाट अगाडि बढ्ने बताएका छन् । पाँचथरको सदरमुकाम फिदिममा वुधवारबाट सुरु भएको प्रदेश स्तरीय प्रथम मोएथाई प्रतियोगितालाई प्रमुख अतिथिको घिमिरेले त्यस्तो बताएका हुन् ।
खेलकुदको विकास र समृध्दिको लागि प्रदेश १ को ऐन निर्माण भइसकेको र नियमावली बन्ने क्रममा भएको भन्दै मन्त्री घिमिरेले नियमावली बनेपछि प्रदेश स्तर सहित जिल्ला र स्थानिय तहमा खेलकुद विकास बोर्ड गठन गरीने जस्ले यस क्षेत्रका खेलको संस्थागत विकासमा सहयोग मिल्ने वताए ।
प्रदेस १ ले खेलकुदको क्षेत्रमा ७ वटै प्रदेश भन्दा बढी रकम विनियोजन गरेको भन्दै मन्त्री घिमीरेले खेलकुदको सम्भावना धेरै भएकाले प्रदेशको पहिचान खेलको माध्यम वन्न सक्ने उनको भनाई थियो ।
खेलको माध्यमबाट युवाहरुको व्यक्तित्वका लागि प्रदेश सरकार अघि बढेको छ । खेललाई उच्च प्राथमिकतालाई खेलको माध्यमबाट जिविको पार्जन समेत गर्न सकिने उनको भनाई थियो ।
पाँचथरमा सुरु भएको मोएथाई प्रतियोगितामा नेपाल र भारतमा एकसय खेलाडी सहभागि रहेको आयोजक संस्था मोएथाई एसोसिएसन अफ पाँचथरले जनाएको छ । मोइथाई थाइल्याण्डको राष्ट्रिय खेल हो ।
प्रतियोगिता संचालन गर्न प्रदेश सरकारले १० लाख विनियोजन गरेको छ ।
प्रतियोगितामा पाँचथर, इलाम, तेह्रथुम, झापा, उदयपुर र दार्जिलीङबाट प्रतिस्पर्धामा गर्ने मोएथाईकी प्रमुख प्रशिक्षक रमा राईले जानकारी दिइन् ।
तीन दिनसम्म संचालन हुने अन्तर्गत आज भएको खेलमा सात रि बाउडका खेल भएको प्रशिक्षक राईले वताईन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा खेलकुद क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका विभिन्न व्यक्तिहरु र ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरीएको आयोजक संस्थाका अध्यक्ष विक्रम राईले वताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस