पाँचथर-सदरमुकाम फिदिमबाट प्रकाशित हुने ‘फिदिम टुडे‘ दैनिकमा प्रकाशित समाचारको बिषयलाई लिएर नकारात्मक टिप्पणी गर्ने पाँचथर उद्योण वाणिज्य संघका अध्यक्ष र पूर्व अध्यक्षले सार्वजनिक रुपमा मागि माग्नुपर्ने नेपाल पत्रकार महासंघ केन्द्रले माग गरेको छ । महासंघले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।
पाँचथरवाट प्रकाशन हुने उक्त पत्रिकाको १२ असारको अंकमा प्रकाशित ‘स्वार्थ समूहको चङ्गुलमा स्थानीय सरकार’ शीर्षक समाचारलाई लिएर पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष र पूर्व अध्यक्षले पत्रकारिता जगतको अपमान हुने गरी साथै पत्रकारको मानमर्दन हुने गरी सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिएका थिए ।
महासंघले पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले लेखेको स्टाटस र त्यसमा संघका पूर्व अध्यक्ष सुवराज थापाले गरेको कमेन्टप्रति गम्भिर ध्यानाकार्षण भएको जनाएको छ ।
समाचारको बिषयलाई लिएर अध्यक्ष नेपालले पत्रकारमाथि मानमर्दन हुने शब्द प्रयोग गरी स्टाटस लेखेका थिए । नेपालको त्यहिं स्टाटसमा संघका पूर्व अध्यक्ष थापाले समाचार लेख्ने पत्रकारमाथि लक्षित गर्दै ‘जङ्गली जनावर’, ‘झ्यापुल्ले’ जस्ता अपशब्द प्रयोग गरेका थिए ।
समाचारको बिषयमा चित्त नबुझे अपनाउनुपर्ने कानुनी बाटोलाई छाडेर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्नु स्वतन्त्रताबिधरोधी कार्य भएको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । महसंघले घटनाको भत्र्सना गर्दै सार्वजनिक रुपमा माफि मागेर प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न माग समेत गरेको छ ।
यसअघि पत्रकार महासंघ पाँचथर शाखा, प्रेस चौतारी पाँचथर, प्रेस सेन्टर पाँचथर, नेपाल प्रेस युनियन पाँचथर, संघीय पत्रकार मञ्च पाँचथर, नेपाल प्रेस युनियन केन्द्र लगायत संगठनले घटनाको भत्र्सना गर्दै माफि माग्न सम्बद्ध पक्षसँग माग गरिसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस