पाँचथर-अविरल वर्षाका कारण पाँचथर याङवरकमा भएको पहिरो प्रभावित क्षेत्रमा उध्दार टोलि पुग्न सकेको छैन ।
जिल्ला सदरमुकाम सहित याङवरक गाउँपालिकावाट राहात सामाग्रि सहित हिंडेको उध्दार टोलि अविरल वर्षाको कारण वाटो अवरुध्द भएपछि पुग्न नसकेको हो । उध्दार टोलि नपुगेपछि पहिरो प्रभावितको उद्दारमा समस्या आएको छ । पाँचथरको याङवरक गाँउपालिका–२ स्थित फलैँचामा मंगलबार राति गएको पहिरोले एक घर पुरेको छ भने १५ वढि घरहरु प्रभावति बनाएका छ ।
मंगलवार रातिवाट आएको अविरल वर्षाका कारण याङवरक २ फलैँचाको चिङ्मा, बेतेनी, मुक्लाबुङ, सेपी, खोलाघारी र धिमाले भन्ने स्थानका पहिरो प्रभावितका लागि उद्दारमा खटिन समस्या भएको हो ।
सीमा प्रशासन कार्यालय च्याङथापुका प्रमुख विनोद चौहानका अनुसार निकै विकट गाउँमा पहिरो गएको साथै निरन्तरको भारि वर्षा र पहिरोका कारणले उद्दार र राहत टोली उक्त स्थानमा पुग्न कठिन भएको छ ।
उद्दारका लागि पहिरो प्रभावित क्षेत्रमा पुगेको सीमा प्रहरी चौकी च्याङथापु र फलैँचा प्रहरीको टोली पनि अविरल वर्षा पछि सुरक्षित स्थानमा निस्किएको वताइएको छ ।
रातिवाट अविरल वर्षा पछि आएको पहिरोले याङवरक २ फलैँचाको चिङ्माका पहलमान राईको घर पहिरोले पुरेको छ । भने उनका ४ ओटा गाई, २ ओटा सुगुर सहित हाँस कुखुरासमेत पहिरोले पुरेको साथै राईको घरमा भएका सवै सामान समेत पुरीएको प्रभावित क्षेत्रमा पुगेका फलैंचा प्रहरी चौकिका असई जिवन कार्कीले जानकारी दिए । राईको परीवारमा भएका ५ जना सदस्यहरुलाई भने सुरक्षित स्थानमा उध्दार गरीएको वताइएको छ ।
यस्तै सोहि ठाउँिका भीम राई, बिलबहादुर राई, चन्द्र राई, बालकृष्ण राई, हर्क राई र मनकुमार राईको घर पनि पहिरोको कारण बस्न नमिल्ने गरी क्षति भएको प्रहरीले जनाएको छ । अविरल वर्षाको कारण अझै पनि क्षतिको पूर्ण विवरण संकलन गर्न नसकिएको जनाइएको छ ।
पहिरोले सोहि ठाउँको कृष्ण आधारभूत विद्यालयमा समेत क्षति पुर्याएको मेजरे लघु जलविद्युत आयोजना पनि पहिरोले पुरेको स्थानीय डिल्ली ओलीले वताए ।
पहिरो प्रभावित क्षेत्रमा सदरमुकाम फिदिमबाट प्रहरी इन्सपेक्टर अनिल कुमार पौडेल नेतृत्वको टोली हिमशिखर गुल्मको सशस्त्र पहरीको टोली उद्धारका लागि पहिरो प्रभावित क्षेत्रतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुंवरले वताए ।
आवश्यकताका आधारमा राहात तथा उध्दारका लागि आवश्यक पर्ने थप टोलि प्रभावित क्ष्ँोत्रमा परीचालन गरीने दैवि प्रकोप राहत उध्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले वताए । लगातार पानी परीरहेकोले सर्व साधारणलाई सुरक्षित हुन समेत उनले आव्हान गरे ।
उता याङवरक गाउँपालिकाले उपप्रमुख कमल कुमारी योङहाङको नेतृत्वमा रेडक्रसको राहात सहीतको टोलि परिचालन गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले वताए । उनका अनुसार पहिलो चरणमा मुख्य प्रभावित ५ घर र दोस्रो चरणमा १० घर परिवारलाई राहत दिने गरी टोलिले तयारी गरेको अध्यक्ष घिमिरेले वताए ।
याङवरक २ का वडा अध्यक्ष देउकुमार योङहाङका अनुसार लगातार वर्षाका कारण गएको पहिरोले सिंगो गाउँ नै त्रासमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस