इटहरी-इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले महिलालाई अपमान हुने शब्द प्रयोग गरेको भन्दै आलोचना सुरु भएको छ। यही असार ४ गते सामाजिक विकृति विरुद्धको कार्यक्रममा चौधरीले प्रयोग गरेको शब्दप्रति महिलाहरुले आपत्ति जनाएका छन्।
इटहरी उपमहानगरपालिकाको महिला सञ्जालले एक विज्ञप्ति नै जारी गरी सम्पूर्ण महिलाको शीर ठाडो नहुने अवस्था सिर्जना भएको बताएको छ। सञ्जालकी अध्यक्ष विमला ढकाल सहित २२ जना महिलाको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा मेयरले प्रयोग गरेको उक्त भाषाप्रति आपत्ति जनाइएको छ। साथै मेयरको उक्त अभिव्यक्तिले महिलाको अस्मितामा नै आँच आएको भन्दै विरोध जनाइएको छ।
मेयरले बारम्बार विभिन्न हर्कतहरु गरिरहेकोले अब कोही पनि चुप लागेर बस्न नमिल्ने सञ्जालकी अध्यक्ष ढकालले बताइन््। केही दिन अगाडि पत्रकारमाथि र अहिले महिलामाथि भएको प्रहारले आफूहरुलाई चिन्तित तुल्याएको उनको भनाइ छ।
प्रदेश १ प्रदेश सभा सदस्य बिन्दिया कार्कीले मेयरको यस अभिव्यक्तिले नारी अस्मितामा चोट पुगेको बताइन्। मेयरको उक्त अभिव्यक्तिले नेकपा पार्टी माथि नै प्रश्न चिह्न खडा भएको उनको भनाइ छ। उनले बारम्बार नेकपाको कार्यकता हुँ भन्दै मनपरी अभिव्यक्ति दिने काम गरेकोले यसको जिम्मा पार्टीले लिनुपर्ने बताइन्।
त्यस्तै अखिल नेपाल महिला संघ सुनसरीकी सदस्य विष्णु भण्डारीले मेयरको शब्द खेदजनक रहेको बताइन्। यसले एक जनाको मात्र हैन, सम्पूर्ण महिलाको अस्मितामाथि प्रहार भएको उनको भनाइ छ।
नेपाली कांग्रेस इटहरीका नेता रोहित प्रसाईंले मेयरले अब माफी मागेर मात्र नहुने बताए । बारम्बार गल्ती गर्दै जाने र माफी माग्दै जाने हो भने समस्याको समाधान नहुने उनको भनाइ छ। मेयर जस्तो गरिमामय पदमा बसेको मान्छेले के बोल्ने र कस्तो बोल्ने भन्ने हेक्का नहुनु लाजमर्दो भएको उनी बताउँछन्। यसले महिलाको मात्र हैन, सम्पूर्ण इटहरीबासीलाई लज्जाबोध गराएको टिपणी गरे।
मेयरले उक्त अभिव्यक्ति दिएको प्रत्यक्ष सुनेका महिलाले लाजले शीर निहुरिएको बताए। आफूहरु लाज थाम्न नसकेर कार्यक्रम स्थलबाट बाहिर बसेको तर मेयरले आफूहरु बसेकै स्थानमा आएर पनि त्यही शब्द दोहोह्याएको उनीहरु बताउँछन्।
प्रत्यक्षदर्शी उमा पोखरेलका अनुसार मेयरले आफूहरु बसेकै ठाउँमा आएर पनि सोही शब्द दोहोह्याएको बताइन्। ‘मेयर जस्तो ठूलो मान्छेले बोल्ने त्यही हो?,’ उनले प्रश्न गरेकी छिन्, ‘कि ठूलो मान्छेलाई जे बोल्न पनि छुट हुन्छ?’
अर्की महिला रीता थापा मगरले मेयर जस्तो जिम्मेवार पदमा बसेको मान्छेले यस्तो अभिव्यक्ति दिनु लज्जास्पद भएको तर्क गरिन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस