काठमाडौँ-९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । ‘घटनाको करिब एक महिना अघिदेखि म पनि मर्छु र सबैलाई मार्छु भनेर घरपरिवार र साथीभाइसँग भन्ने गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।
घटनाका दिन घरबाट उपचारका लागि विराटनगर जान्छु भनी कपडा बोकेर हिँडेको परिवारले प्रहरीसँगको बयानमा बताएका छन् । ससुराली गाउँ आरुबोटेमा मानबहादुर हत्या घटना हुनुभन्दा दुई घण्टाअघि पुगेको प्रहरीले अनुमान गरेको छ ।
हत्या घटना राति साढे १० देखि साढे १२ बीच भएको अनुसन्धानबाट देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट आएको टोलीका प्रमुख एसपी उमा चतुर्वेदीले बताए । उनीसहितको तीन सदस्यीय टोली र स्थानीय प्रहरीसमेतको संलग्नतामा अनुसन्धान जारी छ ।
प्रदेश १ प्रहरी कार्यालयका अनुसार अनुसन्धानक्रममा घटनास्थल, गाउँका विभिन्न स्थान र आफन्तको निगरानीजस्ता काममा करिब ७५ प्रहरी परिचालित छन् ।
शुक्रबारसम्म सीआईबीको टोलीले २५ जनाभन्दा बढीसँग घटना र त्यसअघिको परिस्थितिबारे सोधपुछ गरिसकेको छ । अझै केही दिन सोधपुछ र अनुसन्धानको क्रम जारी रहने चतुर्वेदीले बताए । ‘हालसम्म घटनामा एकजना मात्र संलग्न रहेको प्रमाण भेटिएको छ’, उनले भने, ‘अरू कोही संलग्न थिए, थिएनन् भन्ने कोणबाट पनि अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीका अनुसार घटनापछि बिहानको ३ बजे एकजना आफन्तलाई फोन गरी आवश्यक परेको छ भन्दै रकम मागेका थिए । कोसँग मागेको भन्ने प्रहरीले खुलाएको छैन । घटनास्थलको प्रकृति र अन्य पक्षहरू अध्ययनपछि मानबहादुरले बिहान साढे ३ देखि ५ बजेभित्र झुन्डिएर आत्महत्या गरेको प्रहरी अनुमान छ ।
अनुसन्धानमा संलग्न पाँचथरको टोलीका एक सदस्यका अनुसार यतिन्जेलसम्मको अध्ययन/अनुसन्धानबाट मानबहादुर सबैभन्दा पहिले साढुदाइ धनराज सेर्माको घर गएका थिए । त्यहाँ सुरुमा उनले धनराजलाई त्यसपछि परिवारका अरू चारजनालाई खुकुरी प्रहार गरेको घटनास्थलमा संकेत पाइएको प्रहरीको भनाइ छ ।
४१ वर्षीय धनराजको घरका उनीसहित ३६ वर्षीया श्रीमती जस्मिता र तीनजना बालिकाको हत्या भएको थियो । त्यसपछि मानबहादुर करिब एक किलोमिटर दूरीमा रहेको ससुरा ७४ वर्षीय बमबहादुर फियाकको घर पुगेका थिए । त्यहाँ उनले सुरुमा बमहादुरमाथि आक्रमण गरेका थिए ।-कान्तिपुर
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस