सोल-कोरियाको मानव अधिकार आयोगले त्यहाँ आप्रवासी महिला कामदार शोषणमा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा कम्पनीका सहकर्मी पुरुष तथा हाकिमहरुबाट आप्रवासी महिला कामदारहरु माथि यौन दुव्र्यहारमा पर्ने गरेको पाइएको उल्लेख गरेको छ ।
त्यहाँको राष्ट्रिय मानब अधिकार आयोगले ३ सय ८५ महिला आप्रवासी महिला कामदारमा गरेको एक सर्बेक्षणमा करीब १२ प्रतिशत आप्रवासी महिला कामदारहरुले आफरुहरुलाई अश्लिल कटाक्ष्य गर्ने, जबरजस्ती मादक पदार्थ सेवनमा वाध्यपार्ने तथा कार्यस्थलमा संवेदनशील अंगहरु छुने, शारीरिक सम्पर्कको लागि प्रस्ताव गर्ने गरेको उल्लेख गरिएको छ ।
सर्बेक्षणमा संलग्न ४५ जना बिदेशी महिला कामदारमध्ये ७ जनाले दुव्र्यहारमा परेपनि कसैलाई केही नभनी चुपचाप सहने गरेको, ११ जनाले आफूहरुले त्यस्तो व्यवहारको प्रतिवाद गरिरहेको बताएका छन् भने ३ जनाले विभिन्न धार्मिक समुह तथा नागरिक संस्थामा गुनासो गरेको र एक जनाले मात्र श्रम मन्त्रालयमा न्यायका लागि उजुरी दिएको बताएका छन् ।
त्यस्तै ७ जना महिला कामदारले यौन दुव्र्यबहार गर्नेले माफी मागेपछि कुनै उजुरी नदिएको, ३ जनाले कम्पनी नै परिवर्तन गरेको, २ जनाले यौन दुव्र्यवहार सहन नसकेर काम छाड्दा अवैध बनेको बताएका छन् ।
५० जना मानब अधिकावादीले बिभिन्न क्षेत्रमा गरेको सर्बेक्षणपछि प्रकाशित प्रतिवेदनमा विद्यमान रोजगार प्रणालीमा भएको नियमको कारण कम्पनी मालिकको अनुमति बिना कम्पनी परिवर्तन गर्न नपाउने हँुदा विदेशी महिला कामदार यौन दुव्र्यवहार सहेर बस्न बाध्य भएको निष्कर्ष समेत निकालिएको छ ।
त्यस्तै प्रतिवेदनमा समान कामका लागि ६९ प्रतिशत आप्रवासी महिला कामदारले मासिक १० लाख कोरियन ‘वन’भन्दा कम तलव पाउने गरेको उल्लेख छ ।
आयोगले समान काममा विदेशी पुरुषको तुलनामा महिलाको अवस्था अत्यन्तै नाजुक भएको, काम तथा ज्यालामा ठूलो अन्तर रहेको साथै न्यूनतम् मानब अधिकारसमेत हनन् भएको भन्दै यसको गहिरो अध्ययन हुनुपर्नेमा जोड दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस